बागलुङको जैमिनी नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने « Khabarhub

बागलुङको जैमिनी नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागलुङको जैमिनी नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिदका लागि १५ लाख रुपैयाँ बजेट कार्यपालिकाको बैठकबाट विनियोजन गरेको छ ।

पालिकाले आफ्नै नगरपालिका मातहतमा रहनेगरी नयाँ एम्बुलेन्स खरिद गर्न थालेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । जैमिनी नगरपालिकामा सञ्चालित कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पटक–पटक बिग्रँदै आएकाले पालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने र व्यवस्थापनको जिम्मा पालिकाले अस्पताललाई दिने नगर उपप्रमुख शर्माले बताए ।

“पालिकामा सञ्चालित एम्बुलेन्स पुरानो भयो, बिग्रिएर समस्या भएपछि आफ्नै एम्बुलेन्स खरिद गर्न थालिएको हो”, उपप्रमुख शर्माले भने, “नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने महत्त्वपूर्ण निर्णयसँगै जैमिनी नगरपालिकाको फोहोर व्यवस्थापनका लागि ल्यान्ड फिलसाइट निर्माण गर्ने तयारीसमेत थालिएको छ ।”

नगरको फोहोर व्यवस्थापनमा समस्या भएपछि नगरपालिकाले डम्पिङ साइट निर्माण गर्ने गरी हाल फोहोर फाल्दै आएको जैमिनी नगरपालिका–१ कोप्चे भन्ने स्थानलाई व्यवस्थापन गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै पालिकाले हालसम्म स्वास्थ्य चौकी भवन निर्माण हुन नसकेका वडा नं ३ र वडा नं ९ मा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि आवश्यक पहल गर्ने जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ०८ बजे

सरकारले दलहरूसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

सिन्धुली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका

यस्तो बन्दैछ ओली र पोखरेल पक्षका पदाधिकारीको टीम

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि ओली पक्षको टिम पनि

कांग्रेस देश सम्हाल्ने जिम्मेवार महत्त्वपूर्ण शक्ति हो : गगन थापा 

ललितपुर– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय

निर्धारित मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री अर्याल

गण्डकी– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा

केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली