सहमति र सहकार्यको बाटोबाट अघि बढ्नुपर्छ : अध्यक्ष ओली | Khabarhub Khabarhub

सहमति र सहकार्यको बाटोबाट अघि बढ्नुपर्छ : अध्यक्ष ओली


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका साथ सहकार्यको बाटोबाट अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले आफूले राष्ट्रिय सहमतिको सरकार गठनका कुरा भने नगरिसकेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले निर्वाचनका समयमा आम नागरिकसँग गरेको बाचा पूरा गर्न अविचलितरूपमा निरन्तर काम काम गर्ने बताए ।

उनले भने, “जनमतका आधारमा सरकार बनेको छ, अब धेरै राजनीतिक लडाइँ गर्ने होइन, न्युनतम साझा कार्यक्रम बनाएर सरकारले काम गर्छ, जनमतअनुसार चल्छ ।”

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो दलले देश र जनताप्रतिको जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए । “विगतमा सदन विघटन भएको पक्षलाई गहन विश्लेषण गरेर मात्र अघि बढनुपर्नेमा त्यो नहुँदा समस्या पैदा हुन्छ कि भन्ने चिन्ता छ”, उनले भने ।

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सदनमा सबै राजनीतिक दलले मुलुकका समस्या समाधान गर्नुपर्छ भन्नेमा प्रतिबद्ध रहेको बताए ।

“त्यो प्रतिबद्धता संसद्को सबै ठूलो शक्ति हो । नयाँ राजनीतिक दल संविधानलाई स्वीकार गर्दै लोकतान्त्रिक बाटोबाट संसद्मा आएर लोकतन्त्र र संविधानको प्रशंसा गर्नुभयो”, उनले भने, “त्यो कार्यले संविधान आम नेपाली जनताबीचमा सर्व स्वीकार्य भएको अनुभूति भएको छ ।”

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ३५ बजे

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

देशभर फैलियो मनसुन

काठमाडौं– यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ ।

वालिङमा हल गोरु पाल्ने किसानलाई अनुदान, प्रतिहल कति ? 

वालिङ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान

‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने