सिद्धार्थनगर नगरपालिकामा सुरक्षित मातृशिशु कोसेली भेट कार्यक्रम सुरु « Khabarhub

सिद्धार्थनगर नगरपालिकामा सुरक्षित मातृशिशु कोसेली भेट कार्यक्रम सुरु


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरक्षेत्रका सुत्केरीहरुका लागि उपप्रमुख सुरक्षित मातृशिशु कोसेली भेट कार्यक्रम सुरु गरेको छ । जनचेतना बढाई मातृ मृत्युदर र बाल मृत्युदर न्यूनीकरण गर्न नगरपालिकाले सुत्केरी आमाहरुसँग शुभकामना सन्देश सहित नगर उप प्रमुखको कोसेली भेट कार्यक्रम ल्याएको हो । कार्यक्रम अन्तर्गत पालिकामा रहेका सुत्केरी आमाहरुलाई शुभकामना सन्देश सहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।

सोमबार नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहिया स्थित घर घरमा पुगेर सुत्केरी आमाहरुसँग कोसेली भेट गरेकी छिन् । कोसेली झोला सहित घरघर पुगेर आमाहरुलाई कोसेली दिँदै उपप्रमुख अधिकारीले सुत्केरी भएको अवस्थामा उनीहरुको स्वास्थ्यका साथै नगरबासीको मुहारमा खुशी ल्याउनका लागि कोसेली भेट गरेको बताइन् । सुत्केरी आमा तथा शिशुको पोषण समबन्धि सचेतना अभिवृद्धि गरी आमा तथा बच्चाको पोषण स्थिती तथा स्वास्थ्य प्रवर्द्धन गर्न सुत्केरी कोसेली भेट कार्यक्रमलाइ निरन्तरता दिइएको नगर उपप्रमुख अधिकारीले बताइन् ।

कोसेली भेटमा करिब ३ हजार मूल्य बराबरका झुल, सेनेटरी प्याड, म्याक्सी, घ्यु, मह, ज्वानो, बच्चा र आमाको लागि नुहाउने साबुन, लुगा धुने पाउडर, बच्चाको तेल, डिटोल साबुन, कोसेली झोलासहित सन्देशमूलक शुभकामना कार्ड वितरण गरिने उममेयरको सचिवालयले जानकारी दिएको छ ।

नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, विवाह दर्ताको प्रमाण, न्यूनतम ४ पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमणपत्र, जन्मदर्ताको प्रमाण, बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपी हुनुपर्ने नगरालिकाले प्रावधान बनाएको छ ।

‘यसले समयमै जन्मदर्ता गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने बानीको समेत विकास गर्नेछ’, उपप्रमुख अधिकारीले भनिन् । सुत्केरी अवस्थामा के खाने, कति दिन आरामा गर्ने, कस्ता खानेकुरा खाएमा शरीरलाई फाइदा गर्छ, जस्ता सन्देश लेखिएको पम्पलेट समेत कोसेली भेटमा उपलब्ध गराइएको छ । ‘यसले आमा र बच्चाको मृत्युदरलाई घटाउन पनि टेवा पुग्ने विश्वास लिएका छौँ’, अधिकारीले भनिन् ।

नगरप्रमुख इस्तियाक अहमद खानले सुत्केरीको लागि महत्वपूर्ण कार्यक्रम रहेकोले नगरबासीलाई यो सेवा लिन आग्रह गरका छन । हुनेखानेका लागि सुविधा भएपनि गरिबीको रेखामुनि रहेकाहरुका लागि महत्वपूर्ण ठानेर यो कार्यक्रम ल्याइएको जनाइएको छ । मापदण्डमा नआएकाहरुको लागि पनि व्यक्तिगत खर्चको व्यवस्थापनमा भएपनि सबै नागरबासीका सुत्केरीहरुले पाउने व्यवस्था मिलाउने उनले बताए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ५३ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक