नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु « Khabarhub

नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ। छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा सोमबारदेखि दुई देशका सेनाबीच ‘अभ्यास टीक नेल २३–३०११’ सुरु भएको हो।

आगामी माघ २० गतेसम्म सञ्चालन हुने उक्त अभ्यासमा उच्च कोण उद्धार, लडाइँ खोज र उद्धार, विमान उद्धार, उच्च उचाइ/अल्पाइन उद्धार र स्विफ्ट जल उद्धारजस्ता विषयहरू समावेश छन्। छाउनी र नगरकोट इलाकामा सञ्चालन हुने अभ्यासको यो १२औं संस्करण हो।

विशेष फौज बाहिनीपति सहायकरथी भुवन खत्रीको उपस्थितिमा सुरु भएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ जनाको सहभागिता रहेको छ।

संयुक्त अभ्यासबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजमा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धारसम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : १८ बजे

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

गण्डकी– बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका

सविन-अनुलाई पुत्रलाभ

काठमाडौं– अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह आमाबुवा बनेका छन्

पिउने पानीको सुनिश्चित गर्न अभियान सञ्चालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका