स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन् « Khabarhub

स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्सा – धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन् ।

वीरगञ्जको इन्र्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् । हात खुट्टा कठयाङ्ग्रिने अहिलेको चिसोको बेलासमेत आमनेपालीको स्वास्थ्यलाई जोगाउन सीमा क्षेत्रमा चौविसै घण्टा खटिरेहका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पाँच महिनाभन्दा बढी समयदेखि तलब नदिएको हेल्थ डेक्स इन्र्चाज डा अनिषा महतोले गुनासो गरे ।

उनले एक मेडिकल अफिसर, तीन हेल्थ असिसटेन, दुई जना स्टाफ नर्स, पाँच जना ल्याब टेक्निसियन र दुई कार्यालय सहयोगिको महानगरपालिकाले साउनदेखि नै तलब नपठाकाले आफूहरूलाई ठूलो समस्या परेको बताए ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसँग बुझ्दा उनले हेल्थ डेक्समा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब सुविधा सङ्घ सरकारले मधेस प्रदेश सरकारलाई पठाएको र प्रदेश सरकारले उक्त रकम महानगरपालिकालाई नपठाएकाले वितरण गर्न नसकिएको जानकारी दिए । उनले प्रदेश सरकारको स्वास्थ्य सचिवलाई मौखिक तथा लिखित रुपमा तलब पठाउन पटकपटक आग्रह गर्दा हालसम्म कुनै सुनुवाइ नभएकाले समस्या देखिएको बताए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ३४ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने