सरकार स्थिर र स्थायी : ओली « Khabarhub

सरकार स्थिर र स्थायी : ओली


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नासाथ सरकारले पूर्णता पाउने बताए ।

सत्ता साझेदार दलले बनाएको सरकारको ‘नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ प्रधानमन्त्री दाहाललाई आज सिंहदरबारमा बुझाउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेपछि सरकारले पूर्णता पाउने बताए ।

“भोलि नै प्रधानमन्त्रीज्यूले विश्वासको मत प्राप्त गर्नु हुनेछ”, उनले भने, “विश्वासको मत लिने बित्तिकै मन्त्रिपरिषद् विस्तारलगायतको काम तीव्रताका साथ अगाडि गर्दछौँ ।”

विश्वासको मत प्रधानमन्त्रीले लिइसकेपछि सरकारका कार्यक्रमले गति लिने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले जनताका आशा भरोसालाई राखेर अहिलेको सरकार बनेको बताए ।

अहिलेको सरकार कसैले ढाल्न नसक्ने उनको भनाइ थियो । “यो सरकार स्थायित्वका लागि हो । सरकार बनाउने र गिराउने खेलका लागि होइन । सरकार प्रभावकारीरूपमा चल्छ,” उनले भने, “यो सरकार स्थिर र स्थायी सरकार हो । यो गतिशील स्थायी सरकार हो । त्यस ढङ्गले सरकार चल्नेछ ।”

एमाले सरकार घटकको ठूलो दलको हैसियतले आफ्नो पार्टीको सरकारलाई साथ सहयोग रहनेसमेत अध्यक्ष ओलीले बताए । उनले कतिपय मतभेद भए पनि राजनीतिक दलबीच आधारभूत रूपमा सँगै जान सक्ने वातावरण रहेकाले त्यसलाई अगाडि बढाउनुपर्ने भनाइ राखे ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ५० बजे

सरकारले दलहरूसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

सिन्धुली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका

यस्तो बन्दैछ ओली र पोखरेल पक्षका पदाधिकारीको टीम

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि ओली पक्षको टिम पनि

कांग्रेस देश सम्हाल्ने जिम्मेवार महत्त्वपूर्ण शक्ति हो : गगन थापा 

ललितपुर– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय

निर्धारित मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री अर्याल

गण्डकी– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा

केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली