मधेस प्रदेश : जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत « Khabarhub

मधेस प्रदेश : जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत निर्वाचित भएका छन् । मधेस प्रदेश सरकारको प्रमुख दाबेदार मानिएको जसपा प्रदेशसभा संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका मुख्यमन्त्री लालबाबु राउतले सहमति जनाएपछि यादव सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक लालकिशोर यादवले जानकारी दिए।

यसअघि पटकपटकको छलफलपछि पनि सहमति हुन नसकेपछि निर्वाचन समितिले निर्वाचनको प्रक्रिया सुरु गरिसकेको थियो । आज बिहान ९ देखि ११ बजेसम्म मनोनयन दर्ता गर्ने समयमा मुख्यमन्त्री राउत र प्रदेशसभाका निवर्तमान सभामुख यादवको उम्मेदवारी दर्ता भए पनि अन्त्यमा यादवको नाममा सहमति भएको हो ।

योसँगै सत्ता गठबन्धनमा भएको सहमतिअनुसार यादव मधेस प्रदेशको मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको जनाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १० : ०८ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते