निर्वाचनबाट प्राप्त जनादेशअनुसार नै सरकार : एमाले | Khabarhub Khabarhub

निर्वाचनबाट प्राप्त जनादेशअनुसार नै सरकार : एमाले


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ – नेकपा (एमाले)ले निर्वाचनबाट प्राप्त जनादेशअनुसार नै सरकार गठन भएको जनाएको छ । काभ्रेको धुलिखेलमा भएको जनसङ्गठनको भेलाले ११ बुँदे घोषणापत्र सार्वजनिक गर्दै निर्वाचनबाट प्राप्त जनादेशलाई त्यसको भावना अनुरुप सकारात्मकरूपमा उपयोग गर्दै सम्भव भएका दलहरूसँग सहकार्य गरेर सङ्घ तथा प्रदेशमा सरकारहरू गठन भएका जनाएको छ ।

घोषणापत्रमा नयाँ जनादेशका आधारमा निर्मित नयाँ समीकरणलाई कुशलतापूर्वक अघि बढाउँदै सरकारका माध्यमबाट देश र जनताका पक्षमा हुने काम गर्नुपर्ने उल्लेख छ । पार्टी कमिटी र जनसङ्गठनले गर्ने व्यापक मिहिनेतले आगामी निर्वाचनबाट पार्टीलाई बहुमत प्राप्त गर्ने गरी काम गर्ने प्रतिबद्धतासमेत घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा जनमतको सही कार्यान्वयन हुने, मुलुकभित्र विदेशी चलखेल बन्द हुने, विचार मिल्ने दलका बीचमा समयक्रममा सहकार्यले घनिष्टता प्राप्त गर्दै जाने, जनताको समृद्धि र सुशासनको चाहनालाई सही दिशा दिने, राष्ट्रिय हितको प्रवर्द्धन गर्ने र परिवर्तनप्रेमी आमजनताको मनोबल उच्च राख्ने अवस्था निर्माण भएको उल्लेख गरिएको छ ।

“सही समयमा सही निर्णय गरेर देशलाई निकास दिने र पार्टीलाई राष्ट्रिय राजनीतिको मूल केन्द्रका रूपमा स्थापित गर्नुहुने अध्यक्ष केपी शर्मा ओलीको कुशल र दूरदर्शी नेतृत्वप्रति हामी गौरव गर्दछौँ”, घोषणापत्रमा भनिएको छ ।

“एमालेको अगुवाइमा नयाँ समीकरण र सरकार बनेको छ । नेपालमा कस्तो सरकार बनाउने भनेर आफ्नो निर्णय आफैँ गर्न नेपालका दलहरु सक्षम छन् भन्ने कुरा यसबाट सबैलाई स्पष्ट भएको छ,” घोषणापत्रमा भनिएको छ,“ नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नराख्न, दलहरूका बीचमा नखेल्न र सार्वभौमिक समानताका आधारमा सम्बन्ध राख्न सबै पक्षसँग आग्रह गर्दछ ।”

मुलुकको आर्थिक अवस्था विश्वव्यापी आर्थिक मन्दीको थप मारमा पर्ने अवस्थाबाट देशलाई जोगाएर जनताको अपेक्षा पूरा गर्नुपर्ने दायित्व सरकारको रहेको उल्लेख गर्दै सुुशासन र समृद्धिलाई मुख्य कार्यसूची बनाएर जनताको दैनिकी समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

भेलाले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई जिताउन सबै पार्टीका नेता तथा कार्यकर्ता, पार्टी मातहतका कमिटीलाई निर्देशन दिएको छ । दुई दिनसम्म सञ्चालन भएको भेलामा पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, सचिव योगेश भट्टराईलगायत शीर्ष नेताको सहभागिता रहेको थियो ।

हिजो र आज भएको भेलामा एमालेका २३ वटै जनवर्गीय सङ्गठनका अध्यक्ष, उपाध्यक्ष, महासचिवको सहभागिता रहेको थियो । भेला आज सकिएको हो ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १० : ४१ बजे

नवीकरणीय ऊर्जा विधेयक विधायन व्यवस्थापन समितिमा

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक,

देशभरका पत्रकार महासंघमा प्रेस युनियनको धर्ना

काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनले सोमबार देशभर

विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि 

काठमाडौं– सन् २०२४ मा भारतको वाह्य दायित्वभन्दा विदेशमा रहेका भारतीय

सीआईबी प्रमुख भन्छन् : ६० किलो सुन तस्करीमा महरा र दीपेश पुनको संलग्नता देखिएन

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एवम्

मनसुनमय पाटन दरबार क्षेत्र (तस्बिरहरू) 

काठमाडौं–  नेपालमा मनसुन पूर्णरूपमा प्रवेश गरेको छ । जसका कारण