सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या: अन्तर्राष्ट्रिय सहायता नभएको गुनासो « Khabarhub

सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या: अन्तर्राष्ट्रिय सहायता नभएको गुनासो

मृतकको संख्या ११ हजार ६०५ पुग्यो


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय मानवीय सहायता नहुँदा भूकम्पमा परेर पुरिएकाहरूको उद्धारमा कठिनाइ भएको सिरियाली अधिकारीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय उद्धारकर्ताको ध्यान टर्कीमा केन्द्रित भएपछि सिरियाली अधिकारीको यस्तो भनाइ आएको हो।

सिरियाको लागि विश्वव्यापी सहयोग निस्क्रिय देखिएको उनीहरूले बताएको अलजजिराले खबर लेखेको छ।

विश्व स्वास्थ्य सङ्गठनले भूकम्प प्रभावित टर्की र सिरियामा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री पठाउने घोषणा गरेको छ। अहिलेसम्म भूकम्पका कारण टर्कीमा नौ हजार ५७ र सिरियामा दुई हजार ५३० गरेर अहिलेसम्म ११ हजार ६०५ जनाको मृत्यु भइसकेको छ।

यसैबीच टर्कीका राष्ट्रपति रिसेप तायप इर्दोगानले पूर्व तयारी असम्भव रहेकाले पनि ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्। उद्धारको काममा निकै ढिलाई भएको गुनासो बढेपछि उनले यस्तो बताएका हुन्।

उद्धारमा ढिलाई हुँदा पनि कतिपयको मृत्यु भएको स्वीकार गर्दै उनले अहिले स्थिति नियन्त्रण उन्मुख रहेको बताएका छन्।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ६ : ०४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक