एक सातासम्म बुटवल आसपासमा लोडसेडिङ हुने | Khabarhub Khabarhub

एक सातासम्म बुटवल आसपासमा लोडसेडिङ हुने


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बुटवल – बुटवल आसपास क्षेत्रमा आज देखी एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले जारी गरेको सुचनाअनुसार बिहीबारदेखी एक सातासम्म बत्ती जाने जानकारी दिएको हो।

महाशाखाका अनुसार कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन सट डाउन हुनेछ ।

सट डाउन हुँदा बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सबस्टेसनहरूबाट सञ्चालित औद्योगिक तथा आवश्यकताअनुसार गार्हस्थ्य फिडरहरूमा बत्ती जाने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ७ : ३८ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा