साफ महिलाको फाइनलमा नेपाल र बंगलादेश भिड्दै « Khabarhub

साफ महिलाको फाइनलमा नेपाल र बंगलादेश भिड्दै


२६ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बंगलादेश भिड्ने छन्।

बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा उक्त फाइनल भिडन्त हुनेछ। सोमवार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो।

गत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बंगलादेश भिड्न लागेका हुन्।

यस जितसँग तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय ब्यहोरेको भुटान अंकविहीन हुँदै बाहिरिए पछि बंगलादेश फाइनलमा पुगेको हो।

भुटानसँग बंगलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको थियो भने  भारतले तीन खेलमा सात अंक जोडे पनि फाइनलमा प्रवेश गर्न भने पाएन। भारतलाई हराएर आएको  नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश बिचको खेल रोमाञ्चक हुने खेलप्रेमीहरुले जनाएका छन्।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ७ : ४५ बजे

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।