६० वर्ष कटेपछि ‘ब्रेन ह्यामरेज’को समस्या बढी | Khabarhub Khabarhub

६० वर्ष कटेपछि ‘ब्रेन ह्यामरेज’को समस्या बढी

रोग लाग्नै नदिन 'नियमित व्यायम गरौं'



अहिलेसम्म रक्तस्राव भनेर यो उमेर पुगेका वृद्धवृद्धामा हुन्छ भन्ने थियो। तर अहिले खानपान र जीवन शैलीका कारण जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिएको छ। लिङ्गका हिसाबका महिलामा भन्दा पुरुषमा धेरै देखिएको छ। यो समस्या पछिल्लो समय नेपालमा बढेको पाइन्छ। नेपालमा यसको उपचार के कस्तो हुन्छ ? यो समस्या हुनै नदिन के गर्नुपर्छ ? यी र यस्तै विषयमा केन्द्रित भएर खबरहबका लागि वरिष्ठ न्युरोलोजिष्ट डा. रवीन्द्र श्रेष्ठसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

मस्तिष्क रक्तस्रावलाई हामीले कसरी बुझ्ने ?
मस्तिष्क स्राव दुई किसिमको हुन्छ। एउटा ब्रेन ह्यामरेज हो। यो नशा खुम्चिएर हुन्छ। अर्को नशा फुटेर हुन्छ। सबै भन्दा धेरै ८५ प्रतिशतमा नशा खुम्चिएर नै हुन्छ। बाँकी १५ प्रतिशत जतिमा नशा फुटेर हुन्छ। नेपालमा हरेक वर्ष करिब एक लाख मान्छेमा करिब तीन सय जनामा मस्तिष्क रक्तस्राव हुन्छ

यस्तो समस्या हुने कारण के के छन् ?
बुढेसकालमा ६० वर्ष कटेपछि यो धेरै हुनसक्छ। त्यो बेला रक्तनली फुट्ने सम्भावना हुन्छ।
उच्च रक्तचापका कारणले डाइबेटीजका कारणले पनि हुन्छ। धूम्रपान, सुर्तीजन्य पदार्थको प्रयोग, मद्यपान सेवन गर्नेमा यो धेरै हुन्छ।

कुनै ठाउँमा अचानक लडेर वा केही कारणले टाउको ठोक्कियो भने पनि यो समस्या हुन्छ भनिन्छ यो कति सत्य हो ?
दुर्घटना भएर टाउको भित्रको नशा फुट्यो भने यो रोग जस्तो हुनसक्छ। चोट लागेर ब्रेनमा रगत जमेर कुनै अपाङ्ग जस्तो हुनसक्छ। यो कुरा सत्य हो।

यो आफूलाई भएको भनेर कसरी थाहा पाउन सकिन्छ त ?
कोही व्यक्तिलाई यो हुँदा शरीरको कुनै एक भाग झमझमाउने वा कमजोरी हुने हुन्छ। बोली पनि रोकिने वा प्रष्ट नहुने हुन्छ। यो हुँदा मानिस तुरुन्तै बेहोस् हुने हुन्छ।

यसको उपचार कसरी हुन्छ ?
यो हुने बित्तिकै अस्पतालमा लगेर सिटी स्क्यान गर्न सक्यो भने उपचार हुन्छ। समस्या भएको साढे चार घण्टाभित्र बिरामी अस्पताल पुग्यो भने यसको उपचार सहज हुन्छ। रगत समेको त्यो क्लट जलाउने औषधि दिन सकिन्छ। जस्तो आरटीपीए भन्छ, त्यो दिन सकियो भने फाइदा हुन्छ। साढे चार घण्टाभित्र बिरामी अस्पताल पुग्यो भने सबै जाँच गरेर यो कारणले रगत जमेको हो भन्ने पत्ता लाग्न सक्छ। त्यो औषधिले जमेको रगतलाई पगाल्छ। जुन भाग अपाङ्ग भएको हुन्छ त्यो भाग फेरि चल्न थाल्छ। पछि १२ घण्टा पनि पुर्याइयो भने त्यो क्लटलाई निकाल्ने विधि हुन्छ। त्यसपछि त औषधि उपचार र लामो समयसम्म बिरामीलाई उपचार गर्ने, भिडियो थेरापी गर्ने, कसरी उसलाई आफ्नो पेसामा आबद्ध गर्ने भन्ने पक्रिया बाँकी नै हुन्छ। रक्त नली फुटेर भएको रक्त स्रावमा मस्तिष्क भित्र रक्तनली फुटेर रगत जम्ने हुन्छ। त्यस्तो हुँदा उसको ब्लड प्रेसर एकदमै हाइ हुन्छ। त्यस्तो अवस्थामा उसलाई रगत पगाल्ने औषधि दिन मिल्दैन। ब्रेनमा धेरै नै रगत जमेको छ भने शल्यक्रिया गरेर निकाल्न सकिन्छ।

यो समस्या हुँदा अप्रेसन गर्नुपर्ने अवस्था कसरी हुन्छ ?
अप्रेशन गर्नु पर्ने अवस्था थोरै हुन्छ। जस्तो रक्तनली बन्द भएर ब्रेनको ठूलो भागमा रक्त सञ्चार बन्द हुन्छ। त्यसले ब्रेन भित्र प्रेसर बढ्छ र मानिसको मृत्यु पनि हुनसक्छ। त्यसलाई अप्रेसन गरेर त्यो प्रेसर रिलिज गर्न सकिन्छ। कुनै अवस्थामा अरू रक्तनली पनि फुलेर बसेको हुन्छ। त्यो नलीको उपचर गरेर अप्रेसन गर्नु पर्दछ।

यो अप्रेसन गरेपछि पहिलो जस्तो अवस्था हुँदैन टिल हुन्छ भन्ने सुनिन्छ। यसमा कत्तिको सत्यता छ ?
अप्रेसन गर्ने भनेको लाइफ सेभिङ हो। पछि मस्तिष्कमा रहेको निष्क्रिय भागले अपाङ्ग हुने हो। अप्रेसनले गरेर होइन, अपाङ्ग भएको भाग त जे गरे पनि रहिरहन्छ। त्यसैले यो भागपछि गएर भिडियो थेरापी गरेर उपचार गरिन्छ। त्यसैले यो अप्रेसन असर हुँदैन।

समयमा नै अस्पताल पुगेर उपचार गर्यो भनेपछि कुनै समस्या आउँछ कि आउँदैन ?
स्लोपमा फेरि पनि पछि हुनसक्छ किनकी कसैले धूम्रपान सेवन गरेको छ, सूर्तीजन्य पद्र्धाथको सेवन गरेको छ। त्यसमा विशेष ध्यान दिनुपर्दछ।

स्लोप भएर उपचार गर्नु भएकाले के के कुरामा ध्यान दिने त ?
– स्लोप भएर उपचार डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्ने,
– नियमित व्यायाम गर्ने,
– प्रेसर र डाइबेटिज छ भने त्यो नियमित रूपमा चेक जाँच गर्ने,
– नियमित रूपमा व्यायम गर्ने,
– स्वास्थ्य जीवनशैली जिउने गर्नुपर्छ।

यो समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
कुनै रोग लाग्यो भने उपचार त एकतातिर छ तर रोग लाग्न नदिनु राम्रो हुन्छ। शरीरमा रोग लाग्नै नदिनु महत्त्वपूर्ण कुरा हो।
– सन्तुलित भोजन आहार गर्ने,
– प्रेसर, कोलेस्ट्रोल, डाइबेटिज छ भने समय समयमा उपचार गर्ने र औषधि सेवन गर्ने,
– चिल्लो पदार्थ धेरै नखाने,
– मुटु सम्बन्धी रोग छ भने विशेष ध्यान दिने।

स्वास्थ्य जीवनका लागि गुरुमन्त्र जस्तै केही सुझाव छ कि ?
कुनै पनि रोग लाग्न दिनु भन्दा रोग लाग्नै नदिनु ठूलो उपचार हो। त्यसको लागि हामी समयमै सचेत हुनुपर्छ। कुनै कारण रोग लाग्यो भने चाँडै अस्पताल जानुपर्छ। समयमा अस्पताल पुगेमा उपचार सजिलो हुन्छ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ७ : ५० बजे

२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक– विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा

शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी

वरिष्ठ साहित्यकार परशु प्रधानको निधन

काठमाडौँ– वरिष्ठ साहित्यकार परशु प्रधानको निधन भएको छ । ८०

निसीखोला बस दुर्घटना (अपडेट) : ९ जनाको मृत्यु, २८ जना घाइते

बागलुङ– बागलुङमा हिजो भएका बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९

गर्मीमा खुट्टा गन्हाउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्  

काठमाडौँ– गर्मी लागेसँगै धेरैमा खुट्टा गन्हाउने समस्या आउने गर्दछ ।