युनाइटेडले आत्मघाती गोलगर्दा लिड्ससँग अंक बराबर « Khabarhub

युनाइटेडले आत्मघाती गोलगर्दा लिड्ससँग अंक बराबर


२६ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा लिड्ससँग २–२ गोलको बराबरी खेल्दै अंक बाडन बाध्य भएको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेड अंक बाडन बाध्य मात्रै भएन, हाफ टाइम पछि गरेको कडा मेहनतका कारण हारबाट जोगिन पनि सफल भयो। युनाइटेटका लागि मार्कस र्‍यासफर्ड र जेडोन सान्चोले गोल गरेर युनाईटेडलाई हारवाट जोगाएर बराबरी अंक बाडने मौका दिए।

खेल सुरू भएको पहिलो मिनेटमै विलफ्रिड यन्तोले गोल गर्दै लिड्सलाई सुरूआती अग्रता दिलाए भने ४९ औं मिनेटमा लिड्सले आत्मघाती गोलमार्फत अग्रता दोब्बर बनाउँदा युनाईटेड २–१ ले पछि पर्न गयो। युनाइटेडका रफायल भरानेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेका थिए।

६२ औं मिनेटमा मार्कस र्‍यासफर्डले र ७० मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाउन सफल भए। १६ औं स्थानमा उक्लिएको लिड्सको २१ खेलबाट १९ अंक छ। २२ खेलबाट ४३ अंक जोड्दै युनाइटेड तेस्रो स्थानमा छ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ३४ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको