रविको सत्ता मोहले रास्वपाको भविष्यमाथि प्रश्न उठ्यो « Khabarhub

रविको सत्ता मोहले रास्वपाको भविष्यमाथि प्रश्न उठ्यो

देशका ७७ वटै जिल्लामा राप्रपा नेपालका जिल्ला कमिटी छन्


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नेपालको राजनीतिमा विभिन्न पात्र, प्रवृत्ति र पद्धतिको प्रयोग भइसकेको छ। त्यो परिणामबाट अपेक्षित परिणाम हासिल भएको छैन। जो पनि सत्तामा नहुँदा वा बाहिर हुँदा एउटा आदर्शका कुरा भन्ने र बुझाउने गर्दछन्। तर सत्ताले उनीहरूको विचारलाई गर्मीमा पग्लिएको बरफ जस्तो भएको जनताले अनुभव गर्नु परेको छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ। नेपाली कांग्रेस यही परिवेशमा पासो थापेर बसेको छ। अब के हुन्छ ? राजनीति कसरी अगाडि बढ्छ ? यसै विषयमा आधारित रहेर राप्रपा नेपालका अध्यक्ष पूर्व उपप्रधानमन्त्री कमल थापासँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली राजनीतिको चतुर खेलाडी भनेर तपाईंलाई चिनिन्थ्यो। तर अहिले खेल मैदानबाट दर्शक दीर्घामा पुगेको हामीले बुझेका छौँ। बाहिरबाट हेर्दा अहिलेका खेलाडीको परिदृश्य कस्तो पाउनु भएको छ ?
म राजनीतिको मेहनती हुँ। तर चतुर खेलाडी होइन। मेरो मेहनतले नै मलाई विभिन्न पदमा पुर्याएको हो। अहिले पनि खेल मैदानमा छु। धेरै पटक पराजय भोगे पनि आफूलाई फेरि तयार गरेर नयाँ अभ्यासमा लागेको छु। अहिलेको राजनीतिक परिवेशलाई छोटकरीमा भन्ने हो भने ‘धतुरो रोपेर आँप फल्दैन’। २०६२/६३ सालको राजनीतिक परिवर्तनपछि जुन अवधारण र मार्ग चित्रणबाट हामीले देश चलायौँ त्यो त्रुटिपूर्ण थियो र अहिले हामी विपरीत गन्तव्यमा पुग्यौँ। जतिसुकै राम्रो गाडी चलाए पनि वा जति नै राम्रो चालक राखे पनि बाटो राम्रो छैन भने गन्तव्यमा पुगिँदैन। यो अवस्थामा केही राजनीतिक दल र दलका शीर्ष नेता जिम्मेवार छन्। साथै हामीले अवलम्बन गरेका विचार र नीति नै त्रुटि पूर्ण छन्। पात्र, नीति र संरचना त्रुटिपूर्ण भएपछि सुधार हुँदैन। सुधार चाहने हो भने हामीले यो तीनै पक्षमा सुधार गर्नुपर्छ।

पात्र र पात्रको नियत खराब छ, संरचनामा दोष दिन मिल्छ ?
मुख्य रूपमा पात्र दोषी हुन्छन्। जति राम्रो व्यवस्था भए पनि त्यसलाई कार्यान्वयन गर्ने पात्र खराब भए भने केही राम्रो हुँदैन। अहिलेको संरचना र नीतिमा सुधार नगरेसम्म जति पटक चुनाव गरे पनि यस्तै व्यक्ति आउने हो। यो चुनाव पद्धति रहेसम्म इमानदार सक्षम व्यक्ति अपवादबाट मात्र जितेर आउँछ। जुन पैसा शक्ति र सत्ताले मात्र प्रभाव देखाएको छ।

कस्तो सुधार गर्ने हो अब ?
प्रजातन्त्र आफैमा विश्वको सर्वोकृष्ट त्रुटिरहित व्यवस्था होइन, भएका मध्ये उत्कृष्ट व्यवस्था मात्र हो। त्यसैले प्रजातन्त्रको विकल्प छैन भन्छौँ हामी। यो तुलनात्मक रूपमा उपयुक्त व्यवस्था हो। अहिले जुन किसिमको चुनाव पद्धति, संरचना र वैचारिक धरातल हामीले कायम गरेका छौँ। त्यसमा आमूल परिवर्तन आवश्यक छ।

भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। यो अवस्थालाई कसरी टिप्पणी गर्नु हुन्छ ?
रवि लामिछाने नेतृत्व पार्टीको उदय वास्तवमा नै चमत्कारी छ। त्यो मुलत एउटा निश्चित वैचारिक मान्यताको धरातलमा भन्दा पनि राजनीतिक दलप्रतिको वितृष्णा, जनतालाई सेवा सुविधा नदिँदा उदाएको पार्टी हो। चौंथो भएको पार्टीलाई सुदृढ बनाउन सकेको भए नेपालको निमित्त गम्भीर विकल्प हुनसक्थ्यो। तर चुनाव सकिने बित्तिकै सत्ता केन्द्रित भयो। अब रास्वपाको भविष्यमाथि नै प्रश्न उठेको छ।

केही गर्छु भन्ने धारणा, जनताले पनि केही गर्ला भनेको बेला उनीहरू आएर सत्तामा पुगेको बेलामा घेराबन्दी पारेर निस्किन बाध्य पारेको भन्ने आरोप छ नि ?
त्यो घेराबन्दीमा किन पर्नु भएको त ! उहाँहरूलाई जनताले सरकारमा जान दिएको मत होइन। प्रतिपक्षमा पुगेर सरकारलाई सक्रिय बनाउने हो। सत्ताको मोहको लोभमा जुन तीव्र गतिमा उदाएको थियो, त्यही गतिमा तल झर्यो। सरकालाई समर्थन गर्नु विरोधाभास छ।

बाहिर बोले पनि गहिराइमा उहाँहरूको हैसियत छैन हो ?
उहाँहरूको व्यवहारले नै त्यस्तै देखाएको छ। म पनि रवि लामिछानेका शुभचिन्तक हुँ। मलाई हामीले गर्न नसकेको काम अब उहाँले गर्नुहुन्छ जस्तो लाग्थ्यो। तर अहिले निराशा छाएको छ। तर अझैसम्म आफूलाई सुधार गर्ने अवसर छ। उहाँहरूले जुन अप्रत्याशित किसिमको नतिजा हासिल गर्नुभयो त्यो हासिल गरेपछि पहिलो काम त त्यसलाई कायम राख्नु पर्दछ। राजनीतिक वैचारिक कुन धरातलमा हुनुहुन्छ त्यो बुझ्न सक्नुपर्छ। यो संविधान आफैमा विरोधाभास पूर्ण दस्तावेज छ। त्यो विरोधाभास पूर्ण दस्तावेजमा आफ्नो सिद्धान्त मानेर हिँड्नु कुनै पार्टीको वैचारिक धरातल होइन। उहाँहरूले कुनै पनि विषयमा एउटा नीति बनाउँदा कुन वैचारिक मान्यताको धरातलमा उभिएर बनाउनु भएको छ। त्यो महत्त्वपूर्ण कुरा हो। रवि लामिछानेको अपरिपक्वता र सत्ता प्रतिको मोहले यो अवस्थामा ल्यायो। अर्को मौका उहाँहरूलाई प्रधान भएको छ। यो मौकालाई सदुपयोग गर्नुहुन्छ वा व्यक्तिगत स्वार्थ हेर्नु हुन्छ। त्यसको लागि राप्रपाको विगतको इतिहासलाई पनि हेर्नु पर्दछ। मैले राप्रपाको नेतृत्व गर्दा वैचारिक दृष्टिकोणबाट एउटा सशक्त विकल्प भए पनि राज संस्था र हिन्दु राष्ट्रको एजेन्डा बोकेको पार्टी पटकपटक सरकारमा गएको जनतालाई चित्त बुझेन। सरकारमा जाँदा आफ्नो एजेन्डा कमजोर हुनेगरी जानु हुँदैन भन्ने जनताले प्रस्ट रूपमा सन्देश दिए। मैले हिजो गरेको गल्तीको लागि आम जनतासँग माफी मागेर हिँडेको हुँ। कमल थापाले गरेको गल्तीलाई राप्रपाले फेरि दोहोर्याएको छ। अब यसले जनताको मन जित्न कठिन छ।

अहिले राप्रपाले जुन हैसियत पायो राजेन्द्र लिङ्देनको नेतृत्वको परिणाम भएको दाबी गर्छन्। के भन्नु हुन्छ ?
नेपालको भूराजनीतिक अवस्था, धार्मिक सामाजिक सांस्कृतिक परिवेशमा चुनावी राजनीति भन्दामाथि उठ्नु उपयुक्त हुन्छ। मैले रहरले पार्टी छोडेको होइन। केही मूलभूत मान्यतामा आघात पुगेको हुँदा त्यो पुरा गर्न असम्भव भएपछि पार्टी छोडेको हो। अबको मेरो राजनीतिक भविष्य भनेको नेपालको राष्ट्रिय राजनीतिमा एउटा फरक विचार र अलग पहिचानसहितको राजनीतिक शक्ति निर्माण गर्ने र नेपालको राष्ट्रिय शक्तिमा विकल्प विकास गर्ने बाटोमा हिँड्ने हो। अहिले मसँग धेरै ठूलो जमात छ। अहिले पनि देशका ७७ वटै जिल्लामा राप्रपा नेपालका जिल्ला कमिटी छन्। आधा भन्दा बढी पालिकामा पार्टीका एकाई क्रियाशील छन्। झन्डै एक चौथाई वडामा समेत राप्रपाका एकाई खुलेका छन्।(एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ९ : ०४ बजे

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग