अरुलाई गाली गर्ने रविले हिजोको आफ्नो पत्रकारिता शैली हेर्नुपर्छ « Khabarhub

अरुलाई गाली गर्ने रविले हिजोको आफ्नो पत्रकारिता शैली हेर्नुपर्छ


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अभिव्यक्तिले नेपाली सञ्चार माध्यममा तरंग पैदा गरेको छ। राजनीतिसँगै मिडियालाईसमेत विवादमा ल्याएको छ। के नेपाली मिडियाको अवस्था निर्वतमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने जस्तै हो ? नेपालको पत्रकारिताको स्थिति कस्तो छ ? नेपालको सञ्चार माध्यमलाई सुधार गर्नु पर्ने र सुधारिने ठाउँ कहाँकहाँ छन् ? यी र यस्तै विषयमा आधारित रहेर नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

नेपाली मिडियामा के कस्तो आपत्तिजनक समस्या देख्नुहुन्छ ?
मिडियामा धेरै मात्रामा कमजोरी रहेका छन्। मिडियामा भएको घटनालाई प्रकट गर्ने शैली भएको छैन। आबेग र कुण्ठाग्रस्त रहेर पोल पोखेको अवस्था छ। आफू अन्यायमा कसरी पर्नुभयो त्यसको बारेमा खुलाउन सक्नुपर्ने हो। त्यो पनि छैन। रास्वपाका सभापति रवि लामिछानेले अन्यायमा परे भनेर भन्न मिल्दैन। जुन कुरा अदालतले नै फैसला गरेको छ।

दुई घण्टाको पत्रकार सम्मेलनमा रविले दोहोरो राहदानी धेरै एनआरएनएको छ तर आफूलाई बलिको बोको बनाइयो भन्नुभयो। यो भनाइलाई कसरी लिनुभयो ?
एनआरएनएहरु यो देशको गृहमन्त्री भएका छैनन्। मान्छे जति ठूलो पदमा पुग्छ त्यत्ति नै चासोका साथ उसको खोजी हुन्छ। मिडिया र समाजले पनि त्यही अनुरुप बुझेको हुन्छ। गृह मन्त्रालय जस्तो ठाउँमा बसेर दोहोरो राहदानीको छानबिन प्रक्रिया प्रभावित पारेको कुरालाई मिडियाको कन्टेन बन्नुलाई गलत भन्नै मिल्दैन।

सिन्डिकेट कायम गर्ने मिडियाले जनताको अपेक्षाको उभारमा आएको दललाई लखेटेको रविको आरोप छ। तपाईं के भन्नुहुन्छ ?
रविका बिवादका कुरा आएपछि सञ्चार माध्यमको धर्म अनुसार समाचार सार्वजनिक भए। यथार्थ समाचार सप्रेषण गर्नु मिडियाको धर्म हो। समाचार सम्प्रेषण गरेको आधारमा आक्रोशपूर्ण ढंगबाट गैरजिम्मेवार रुपमा अभिव्यक्ति आएको छ। मान्छे तोकेर मिडियाको बदनाम गर्ने काम रविबाट भएको छ। त्यस्ता व्यक्तिमाथि कुनै प्रकारका घटना घटेको खण्डमा जिम्मेवार को हुने भन्ने गम्भीर सवाल उठ्न सक्छ। यसलाई रविले बुझ्नुपर्छ। सूचनामा पहुँच भएको व्यक्तिले व्यावस्थापन गर्न सक्नुपर्ने थियो। अरुलाई गाली गरेर भन्दा काम गरेर देखाउनु जरुरी थियो। तर त्यो भएन।

यो सत्यतामा भन्दा पनि आक्रोशमा आधारित अभिव्यक्ति हो भनेर बुझ्न सकिन्छ ?
मिडियामा केही सिन्डिकेट भएका कुरा यसअघि पनि हामीले भन्दै आएका छौं। नेपालको सञ्चार माध्यमलाई गलत ढंगले अगाडि बढाउने प्रवृत्ति पनि छन्। नेपालमा प्रेस र राजनीतिको द्वन्द्व जारी रहेको अवस्था छ। वैकल्पिक मिडियाको अर्को उपस्थिति रहेको छ। वैकल्पिक मिडियाप्रति विश्वास गर्ने र मुलधारका मिडियालाई निरन्तर प्रहार गर्ने प्रवृत्ति छ। रविमा मात्र नभएर अन्यमा पनि यो अवस्था देखिन्छ।

देशका समस्या र मुद्दालाई स्थापित गर्न पत्रकारले सही ढंगले काम गरेको भए देश यो अवस्थामा जाने थियो त ?
अहिले भइरहेको अथवा देखिएको प्रवृत्तिलाई बदल्न सकिँदैन। त्यो नहुनु पर्ने थियो तर त्यही भइरहेको छ। तत्काल बदल्न नसके पनि त्यो बदलिनुपर्छ। त्यसमा हामी केन्द्रित भएर लाग्नु जरुरी छ। पत्रकार महासंघले रविलाई परेको बेलामा साथ दिएको छ। आजको अभिव्यक्तिले मात्र कमजोर अवस्था रहेको छ।

आफूलाई चरित्रहीन बनाउन खोजेको कुरामा मिडियाको आलोचना गर्दा रविको के दोष छ ?
आफू पनि सञ्चारकर्मबाट नै राजनीतिमा प्रवेश गर्नुभएको हो। रविजीले गरेको पत्रकारिताका मूल्य, मान्यता, भाषाशैली सही भए जस्तो मलाई लाग्दैन। रविले बालेका शब्द र लगाका आरोप पत्रकारिताको मान्यता भित्र पर्दैनन्। ‘टुँडिखेलमा लगेर उडीउडी नाकको डाँढी भाँचिदिन्छु’ भन्ने भाषा पत्रकारिता तथा आमसञ्चार माध्यममा अरुले प्रयोग गरेको सुनेको छैन। यो विषयमा प्रेस काउन्सिलले पनि सचेत गराएको थियो। यो सबै कुरा अहिले आफूले पत्रकारिता छोडेपछि बिर्सनु हुँदैन।

रविजीले फेरि गृहमन्त्रालयमा गएर काम गर्न चाहनु भयो। तर मिडियाले विरोध गरे भन्ने उहाँको बुझाइ छ। के भन्नुहुन्छ ?
काम गर्न जाने चाहना सबैको हुन्छ। आफूले चाहेर मात्र पाउने भए नेपालमा कोही पनि बेरोजगार रहने थिएनन्। विधि र पद्धति जरुरी रहेको छ। कुन संवैधानिक प्रावधान के छ त्यसलाई पनि राजनीतिमा लागेपछि अध्ययन गर्न सक्नुपर्छ।

मुलधारका मिडियाले जनताका मुद्दालाई स्थापित गर्न सकेन। मालिकलाई मात्र स्थापित गरेको आरोप छ नि ?
अहिले वैकल्पिक सञ्चार माध्यम (सोसल मिडिया)को पहुँच विस्तार भएको छ। सामाजिक सञ्जालमा आएका विषयवस्तुकै आधारमा धारणा बनाउने र प्रतिक्रिया दिने प्रवृत्ति देखिन्छ। यसैमा आत्मासन्तुष्टि लिने शैलीले मिडिया बदनाम भएको हो। केही समाचारमा स्वार्थका गन्ध हुनसक्छन्। तर, सबैमाथि आरोप लगाउने प्रवृत्ति गलत हो। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १० : ५२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील