न्यादीमा क्षमताअनुसारको विद्युत् उत्पादन भएन « Khabarhub

न्यादीमा क्षमताअनुसारको विद्युत् उत्पादन भएन


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माण सम्पन्न भई उत्पादन थालेको न्यादी जलविद्युत आयोजनाले हिँउद लागेसँगै खोलामा पर्याप्त पानी नहुँदा क्षमताअनुसार विद्युत् उत्पादन गर्न सकेको छैन।

३० मेगावाट क्षमताको सो जलविद्युत आयोजनामा माघ लागेसँगै १० देखि १२ मेगावाट मात्रै विद्युत उत्पादन हुँदै आएको आयोजनाका बासु गर्तौलाले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले पूरै क्षमतामा विद्युत् उत्पादन गर्न आग्रह गरे पनि खोलामा पानी नहुँदा क्षमताअनुसारको विद्युत् उत्पादन गर्न नसकिएको गर्तौलाको भनाइ छ । दुईवटा टर्वाइन रहेको सो आयोजनामा हाल पानीको उपलब्धताअनुसार पालैपालो एउटा टर्वाइनबाट मात्रै विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

अब विस्तारी गर्मी बढेकाले हिउँ पग्लने र खोलामा पानीको मात्रा बढ्यो भने विद्युत उत्पादन पनि बढ्नसक्ने अनुमान गरीएको छ । आयोजनामा अघिल्लो महिना पनि अहिलेको भन्दा कम मात्रामा विद्युत उत्पादन भएको थियो । अघिल्लो महिना अहिलेको भन्दा थप मात्रामा विद्युत् उत्पादन गर्न सकिने अवस्था भए पनि विद्युत् प्राधिकरणले उत्पादित विद्युत् खरिद नगरेपछि आयोजनामा कम विद्युत उत्पादन हुँदै आएको थियो । मस्र्याङदी गाउँपालिका–६, स्थित ङाँदी खोलमा निर्माण सम्पन्न न्यादी जलविद्युत आयोजनाले गत वैशाख महिनादेखि नै व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको हो ।

गत वर्षको पुस महिनामा आयोजना निर्माण सम्पन्न भई वैशाखदेखि उत्पादन गरेको थियो । पुस महिनामै आयोजना निर्माण सम्पन्न भएपनि प्रसारण लाइन नहुँदा विद्युत् उत्पादन हुन रोकिएको थियो । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पीपीए) भएको थियो । हाल र आगामी आर्थिक वर्षका लागि सोही रकम कायम भएको र अर्को आर्थिक वर्षदेखि मूल्य परिवर्तन हुने आयोजनाले जनाएको छ ।

चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ११ : २० बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६