माया खोला हाइड्रोको आईपीओ बाँडफाँट « Khabarhub

माया खोला हाइड्रोको आईपीओ बाँडफाँट


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माया खोला हाइड्रोपावरको आईपीओ बिहीबार बिहान बाँडफाँट भएको छ। यसमा सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १ लाख ९९ हजार २०० जनालाई १० कित्ताका दरले सेयर हात पारेका छन्।

उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकामा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ।

माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। यसमध्ये आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता सेयर यसअघि नै निष्काशन गरिसकेको छ।

यसैगरी, कम्पनीले सामूहिक लगानी कोषमा १ लाख २० हजार कित्ता र कर्मचारीहरुका लागि ४८ हजार कित्ता सेयर छुटाइएको थियो भने बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणलाई बिक्री खुला गरेको हो। सोही सेयर आज बाँडफाँट गरिएको हो।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ११ : ४७ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल