त्रिशुली जलविद्युत्‌को जीर्णोद्धार तथा आधुनिकीकरण गरिँदै | Khabarhub Khabarhub

त्रिशुली जलविद्युत्‌को जीर्णोद्धार तथा आधुनिकीकरण गरिँदै


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ।

२०२३ सालबाट सञ्चालनमा रहेको विद्युत्गृहका उपकरणहरु पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरिएको छ।

करिब ७५ करोड रुपैयाँ अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत, विद्युत्गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणहरुलाई आधुनिक तथा स्वचालित बनाइने छ।करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनर्स्थापनाको काम सुरु गरिएको छ।

साथै, जलाशयको दायाँ किनार तर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको एक हजार दुई सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ। अहिले यही बाइपास नहरमार्फत विद्युत् उत्पादन भइरहेको छ। नहर सञ्चालनमा रहेकोले विद्युत् उत्पादन बन्द नगरी जलाशयमा भरिहरेको माटो, बालुवा निकाल्ने काम जारी छ।

गत वैशाखबाट सुरु भएको जलाशयको पुनर्स्थापना यही फागुनभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ। विद्युत् गृहलाई स्वचालित बनाउने काम भने एक वर्षभित्रमा सम्पन्न हुने छ। यसका लागि ठेक्का सम्झौता भई केही उपकरणहरु उत्पादनको क्रममा रहेका छन् भने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरु केन्द्रस्थलमा आपूर्ति भइसकेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उप कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले पुनर्स्थापना कार्यको अनुगमन भ्रमण गरी तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन दिएको छ।

जलाशयको पुनर्स्थापना भएपछि विद्युत् गृहलाई विद्युत्को माग बढी हुने समय (पिक)मा दैनिक रुपमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिने छ। हिउँदमा पिकिङको लागि पाइपास नहरबाट र जलाशयमा सञ्चित गरिएको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिनेछ।

वर्षायाममा जलाशयलाई प्रयोगमा नल्याइने, खहरे खोलाहरुबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएको हुँदा विगतमा जस्तो बालुवा,माटो भरिन नपाउने उल्लेख गर्दै केन्द्र प्रमुख बाबुराजा महर्जनले यसले गर्दा जलाशयको सञ्चित क्षमता गुम्न नपाउने बताए।

बिदुर नगरपालिकाले जलाशय वरिपरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना तयार गरेको छ। जलाशयमा डुंगा चलाउने, खाली जग्गामा पैदलमार्ग तथा बँगैचा निर्माण गर्नेलगायतका योजना नगरपालिकाको छ।

भारतीय अनुदानमा त्रिशूली जलविद्युत् आयोजनाको निर्माण गरिएको हो। अर्धजलाशययुक्त त्रिशूली जलविद्युत् केन्द्रबाट वार्षिक रुपमा १६ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने गरी डिजाइन गरिएको छ। गत आर्थिक वर्ष (आव) २०७८/७९मा विद्युत्गृहबाट १३ करोड ७१ लाख युनिट विद्युत् उत्पादन भएको थियो। गत आवसम्ममा केन्द्रबाट ५ अर्ब ६९ करोड ३९ लाख युनिट विद्युत् उत्पादन भएको छ।

भारतीय रुपैयाँ १४ करोड सहयोगमा निर्माण भएको केन्द्रको सुरुको क्षमता २१ मेगावाट थियो। पछि यसको पुनर्स्थापनामार्फत क्षमता विस्तार गरी २४ मेगावाट पुर्‍याइएको हो। त्रिशूली जलविद्युत् केन्द्रको क्यास्केडको रुपमा १५ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र पनि सञ्चालित छ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १२ : ४० बजे

भारतीय राष्ट्रपति अल्जेरिया प्रस्थान

नयाँदिल्ली– भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन अफ्रिकी राष्ट्र अल्जेरिया, मौरितानिया

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

काठमाडौँ– धेरै नेपालीले धुमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा

थारू बस्तीमा ‘सखिया नाच’को रौनक

खजुरा– बाँके जिल्लाका थारू समुदाय अहिले ‘सखिया नाच’ को रौनकले

बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो

काठमाडौं– महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका

पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु

एजेन्सी –पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई