युक्रेनी राष्ट्रपति जेलिन्स्की अकस्मात फ्रान्स भ्रमणमा « Khabarhub

युक्रेनी राष्ट्रपति जेलिन्स्की अकस्मात फ्रान्स भ्रमणमा


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की बुधबार अकस्मात फ्रान्सको भ्रमणमा पुगेका छन्।

राष्ट्रपति जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको बताइएको छ। संयुक्त अधिराज्यको भ्रमणपछि उनी अकस्मात पेरिस पुगेको युक्रेनी राष्ट्रपतिको कार्यालयले बुधबार जारी गरेको एक सूचनामा भनिएको छ।

राष्ट्रपति जेलिन्स्किीले बुधबार नै फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोँसँग भेटवार्ता पनि गरेका छन्। त्यसैगरी उनले जर्मन चान्स्लर ओलफ स्कल्जसँग पनि पेरिसमा नै भेटवार्ता गरेका थिए। उनीहरुबीचमा बुधबार त्रिपक्षीय वार्ता भएको सो समाचारमा जनाइएको छ।

त्यसैगरी उनीहरु तिनैजना बुधबार राति रात्रिभोजमा पनि सहभागी भएको बताइएको छ। त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनको हालको अवस्थाका बारेमा जानकारी गराएका थिए। सो जानकारी पछि गएको वर्षदिनदेखि रुसले आक्रमण गरी समस्यामा परेको युक्रेनका लागि के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ।

गत वर्ष रुसले युक्रेनमाथि हमला गरेपछि फ्रान्स र जर्मनीले नै युक्रेनको पक्षमा उभिएका मात्र नभएर आर्थिक तथा सुरक्षा सम्बन्धी युक्रेनलाई सहयोग गर्दै आएका छन्। उनीहरुका बीचमा बिहीबार पनि ब्रसेल्समा युरोपियन काउन्सिलको बैठकमा भेटवार्ता हुने बताइएको छ।

सो बैठकमा युरोपियन युनियनका सदस्यहरु उपस्थित हुने र युक्रेनलाई आगामी दिनमा गर्ने सुरक्षा सहयोगका बारेमा पनि कुराकानी हुने बताइएको छ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १ : ०३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ