टर्की-सिरिया भूकम्प : मृतकको सङ्ख्या १५ हजार नाघ्यो « Khabarhub

टर्की-सिरिया भूकम्प : मृतकको सङ्ख्या १५ हजार नाघ्यो


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् ।

बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुबै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।

दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी दिइएको समाचारमा जनाइएको छ ।

बिहीबार बिहानसम्म टर्कीमा भूकम्पबाट १२ हजार तीन सय ९१ जनाको ज्यान गएको छ ।

त्यस भूकम्पबाट टर्कीमा धेरै जनाको मृत्यु भएको बताइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी १२ हजार तीन सय ९१ जनाको मृत्यु भएको छ ।

यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो । घाइते भएकाहरु अस्पताल पुर्‍याइएको छ । केही मानिसहरुको अस्पतालमा नै निधन भएका समाचारहरु आइरहेका छन् ।

उता सिरियामा पनि सो भूकम्पमा परी बिहीबारसम्म ज्यान जाने व्यक्तिको सङ्ख्या एक हजार दुई सय नाघेको छ । त्यहाँ दुई हजार जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

टर्की र सिरियामा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् ।

धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

यसै क्रममा चिनियाँ उद्धार टोली पनि चार्टर्ड विमानबाट टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।

उता अमेरिकी अधिकारीहरुले पनि उद्धारको कामका लागि अमेरिकी टोली पठाइएको बताएकमा छन् । संयुक्त राष्ट्रसङ्घले पनि विभिन्न सहायता एजेन्सी पठाएर सहयोग गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १ : २४ बजे

हुरीका कारण केरामा चार करोडभन्दा बढीको क्षति

चितवन– हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस

झापामा आठ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्म जिल्लामा सात

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन