‘स्वस्थ पाँचखाल’ अभियानका लागि पालिकाद्वारा धुलिखेल अस्पतालसँग सहकार्य « Khabarhub

‘स्वस्थ पाँचखाल’ अभियानका लागि पालिकाद्वारा धुलिखेल अस्पतालसँग सहकार्य


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाँचखाल नगरपालिकालाई ‘स्वस्थ पाँचखाल’ बनाउन पालिकाले काभ्रेको धुलिखेल अस्पतालसँग सम्झौता गरेको छ । सम्झौताअनुसार स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत–साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने छ ।

सम्झौतामा नगर प्रमुख महेश खरेल र अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. बलराम मल्लले आज हस्ताक्षर गरेका छन् । अभियानअन्तर्गत नगरका प्रत्येक नागरिकको उमेरगत परिवार सङ्ख्या, उनीहरुको स्वास्थ्य अवस्था तथा औषधि सेवनसमेतको डाटा सङ्कलन गरिनेलगायत छ बुँदामा सम्झौता गरिएको हो ।

यस्तै, पाँचखालको बालुवामा रहेको अस्पतालको ‘आउटरिच सेन्टर’ लाई स्तरोन्नति गरी स्वास्थ्य सेवाको दायरा बढाउने, प्रत्येक महिलाको स्वास्थ्य परीक्षण गरी पिसाब चुहिने समस्या देखिएकालाई उपचार गर्ने, नगरमा रहेको ‘अक्सिजन कन्सन्ट्रेसन बैंक’ मा कन्सन्ट्रेसन थप्ने, दाँतको समस्या भएकालाई उपचारसहित दाँत राखिदिने सम्झौता गरिएको छ ।

यसैगरी, पाँचखाल नगरले तीन सय रोपनी जमिन उपलब्ध गराई सिँचाइको व्यवस्थापन गर्ने र उक्त जमिनमा एलोभेरा, तुलसीलगायतका अर्गानिक उत्पादन गरी अस्पतालमा रहेको ‘स्याहार अर्गानिक उत्पादन’ मा विभिन्न औषधि उत्पादन गर्ने सम्झौता गरिएको हो । सम्झौता कार्यक्रममा नगरप्रमुख खरेलले धुलिखेल अस्पतालसँग गरिएको सम्झौताअनुसार स्वस्थ पाँचखाल अभियान अन्तर्गत स्वास्थ सेवाको दायरा बढाउँदै हरेकलाई स्वस्थ नागरिक बनाइने बताए ।

अस्पतालका प्रमुख प्रा. डा. रामकण्ड माकजू श्रेष्ठले पाँचखालको स्वस्थ नगर बनाउने अभियान अन्य स्थानीय तहले पनि अनुशरण गर्नुपर्ने धारणा राखे । अस्पतालका प्रसूति विभागकी प्रा. डा. आभा श्रेष्ठले पिसाब चुहिने समस्या देखिएका हरेक महिलालाई नगरको सहयोगमा तीन सय ६५ अमेरिकी डलरको ‘सोलिक्स मिनिसिलिङ’ राखेर निःशुल्क उपचार गराइने जानकारी दिइन् । नगरको ६० अक्सिजन कन्सन्ट्रेसन रहेको बैंकमा अस्पतालले आजै ५० पोर्टेवल अक्सिजन कन्सन्ट्रेसन प्रदान गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ४ : ३५ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका