प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलबीच सिंहदरबारमा भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलबीच सिंहदरबारमा भेटवार्ता


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ । सिंहदरबारमा दुई नेताबीच भएको भेटवार्तामा राष्ट्रपतिको विषयमा स्पष्ट हुँदै सत्तारुढ गठबन्धनभित्रको अश्विास हटाउने विषयमा छलफल भएको छ ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकबाट सिंहदरबार पुगेका ओलीले प्रधानमन्त्री प्रचण्डलाई भावी राष्ट्रपतिबारे स्पष्ट हुन आग्रह गरेका छन् ।

आगामी २५ मा फागुनमा हुने राष्ट्रपतिको निर्वाचन र उम्मेदवारको विषयले सत्तारुढ दलभित्र अविश्वास पैदा भएको छ । कांग्रेसले राष्ट्रपतिमा आकांक्षा देखाएको र प्रधानमन्त्री प्रचचण्डले समर्थन गर्न लागेको विषयले प्रमुख सत्ता साझेदार एमाले संशंकित हुँदै आएको छ ।

यही विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटवार्ता केही दिनयता बाक्लिएको छ । साथै बिहीबार नै सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तयारी छ ।

संयन्त्रको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको हो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ४ : ३९ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले