रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम आवश्यक : डा. भट्टराई « Khabarhub

रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम आवश्यक : डा. भट्टराई


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गरेका छन् । साउथ वेस्टर्न स्टेट कलेजद्वारा आज आयोजित विज्ञान प्रदशर्नी कार्यक्रम उद्घाटन गर्दै उनले रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए ।

उच्च शिक्षा अध्ययनका क्रममा बर्सेनि हजारौँ विद्यार्थी विदेशिने गरेको चर्चा गर्दै उनले भने, ‘गुणस्तरीय शिक्षा प्रदान गरी युवा वर्गलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नेतर्फ राज्य र शिक्षण संस्थाहरूको पनि ध्यान जान आवश्यक छ ।’ उनले हाम्रा विद्यार्थी विदेश जानबाट रोक्नका लागि स्वदेशमै सूचना प्रविधिमा आधारित भई प्राविधिक, व्यावसायिक र सीपमूलक शिक्षा उपलब्ध गराउन सक्नुपर्ने बताए ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संस्थागत र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनेतर्फ नगरपालिकाको ध्यान गएको बताए । क्याम्पस प्रमुख डा. राजेन्द्रसिंह केसीले बजारको मागअनुसार समयसान्दर्भिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ शिक्षणसंस्थाको ध्यान जानुपर्नेमा जोड दिए ।

बसुन्धारास्थित सो क्याम्पस हाताभित्र सञ्चालित विज्ञान प्रदशर्नी भोलिसम्म चल्ने सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ५ : ३३ बजे

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको