निर्वाचन व्यवस्थापनमा सुधार गर्न आयोग प्रतिबद्ध छ : आयुक्त थपलिया « Khabarhub

निर्वाचन व्यवस्थापनमा सुधार गर्न आयोग प्रतिबद्ध छ : आयुक्त थपलिया


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन भएको बताएका छन् ।

निर्वाचन प्रणाली र व्यवस्थापन प्रक्रियाबारे निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानले गरेको अध्ययनको प्रारम्भिक निष्कर्षको प्रस्तुतिकरण गर्न सिंहदरबारमा आज आयोजित कार्यक्रममा उनले निर्वाचन व्यवस्थापनमा सुधार गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने जिम्मेवारी आयोगमा रहेकोले त्यसका लागि समयानुकूल परिष्कृत निर्वाचन कानूनको आवश्यकता रहेको औँल्याए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र तथा मौजुदा कानूनमा संशोधन र परिमार्जन गर्नुपर्ने विषय पहिचान गरी राजनीतिक दल तथा अन्य सरोकारवालाको राय सुझावसहित निर्वाचन व्यवस्थापन र सञ्चालन सुझावसहित एकीकृत कानूनको मस्यौदा तयार भइसकेको जनाए ।

“यो विधयेक छिटोभन्दा छिटो संसदबाट पारित गर्न नेपाल सरकार तथा राजनीतिक दलबाट सहयोग हुनेछ भन्ने पूर्ण विश्वास गरेको छु । तथ्यलाई मध्यनजर गरी निर्वाचन व्यवस्थापन सुधारका विधि र प्रक्रियामा सधैँ, सबै,सँगै हुने विश्वासका साथ म राजनीतिक दल लगायत सबै सरोकारवालाबाट निरन्तर सहयोगको अपेक्षा गर्दछु”, उनले भने ।

नेपालको संविधान जारी भएपछि संविधान तथा निर्वाचनसम्बन्धी कानूनले निर्दिष्ट गरेबमोजिम देशले अङ्गिकार गरेको मिश्रित निर्वाचन प्रणालीअनुसार दुई वटा आवधिक निर्वाचन सम्पन्न भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था, नागरिक स्वतन्त्रता, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचनलाई संस्थागत गर्दै मूर्तरुप दिन महत्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाइ थियो । मुलुकले अवलम्बन गरेको निर्वाचन प्रणालीबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेका गुनासा बेलाबखत सुनिने गरेको सन्दर्भमा उनले यो अध्ययनबाट प्राप्त निष्कर्ष एवं सुझाव निर्वाचनको समग्र पक्षलाई सुधार गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले नेपालको राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अनुभवलाई हेर्दा निर्वाचन प्रणाली र व्यवस्थापन सुधारको विषय भन्दा र सुन्दा निकै कर्णप्रिय तर छनोट र व्यवस्थापनका दृष्टिले जटिल हुने गरेको उल्लेख गरे । अध्ययन प्रतिवेदनले औँल्याएका विषयमध्ये शासकीयस्वरुप र निर्वाचन प्रणालीका सन्दर्भमा थप छलफल प्रारम्भ गर्न संवैधानिक व्यवस्थाले निर्दिष्ट गरेका विषयमा नीतिगत कानूनी एवं संरचनागत प्रबन्धसहित सुधारको प्रक्रिया अगाडि बढाउन मार्ग प्रशस्त हुने उनको विश्वास छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ७ : १८ बजे

आजका समाचार : राष्ट्रियसभा अधिवेशन अन्त्य, प्रसाईँले बालेन-सोबिताबारे नयाँ खुलासा गर्ने, दोस्रो खेलमा पनि नेपालको हार र बङ्गलादेशमा मतदान

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्नेपाली

इण्डो-नेपाल टी-२० च्याम्पियनसीपको उपाधि भद्रपुर क्रिकेट क्लबलाई

झापा– जिल्लामा पहिलो पटक आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि

प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज सोलुखुम्बुलगायत जिल्लाको भ्रमण गरी निर्वाचन

फेब्रुअरी २४ मा निर्वाचन गर्न असम्भव : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा राष्ट्रपतीय निर्वाचन

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

दशरथचन्द– बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ