अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र | Khabarhub Khabarhub

अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालत बार एसोसिएसनले अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्न माग गर्दैै संवैधानिक परिषद्लाई पत्र पठाएको छ । सर्वोच्च बारको बुधबार बसेको बैठकको निर्णयअनुसार आज उक्त माग गर्दै लेखिएको पत्र संवैधानिक परिषद्को कार्यालयमा बुझाइएको हो ।

सर्वोच्च बारका अध्यक्ष हरिशङ्कर निरौलाले लामो समयदेखि कामुको भरमा सर्वोच्च अदालत चलिरहेको हुनाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेर पत्र संवैधानिक परिषद्मा बुझाएको जानकारी दिए । संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ ।

पत्रमा भनिएको छ, “स्वतन्त्र, सक्षम, प्रभावकारी न्यायपालिकाका लागि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा अझै पनि रहनु उचित नहुँदा अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि नेपालको संविधानको धारा १२९ बमोजिम सिफारिस गर्न अनुरोध गर्दछौँ ।”

नेपालको संविधानको धारा १३६ मा सर्वोच्च अदालत र मातहतका अदालत, विशिष्टीकृत अदालत वा अन्य न्यायिक निकायको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशको हुनेछ भनी व्यवस्था गरेको छ । विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा रहिआएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ८ : १९ बजे

हराएका हतियार खोज्दै प्रहरी

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेन-जी पुस्ता’ले गरेको आन्दोलनका क्रममा

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकका परिवारलाई जनही एक लाख किरिया खर्च

काठमाडौँ- गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदबहाली गरेका छन्

बेलायती भ्लगरले खिचेको भिडियो कसरी गायब भयो ?

काठमाडौँ– जेन-जी आन्दोलनले देशभर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचेको बेला

 देशभर डेंगु संक्रमितको संख्या ४३ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ३९ जनामा डेंगुको

नवनियुक्त तीन मन्त्रीलाई बधाई दिँदै एमाले नेता बस्नेतले उठाए तीन प्रश्न

काठमाडौँ– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्त तीन मन्त्रीलाई नेकपा