अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र « Khabarhub

अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालत बार एसोसिएसनले अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्न माग गर्दैै संवैधानिक परिषद्लाई पत्र पठाएको छ । सर्वोच्च बारको बुधबार बसेको बैठकको निर्णयअनुसार आज उक्त माग गर्दै लेखिएको पत्र संवैधानिक परिषद्को कार्यालयमा बुझाइएको हो ।

सर्वोच्च बारका अध्यक्ष हरिशङ्कर निरौलाले लामो समयदेखि कामुको भरमा सर्वोच्च अदालत चलिरहेको हुनाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेर पत्र संवैधानिक परिषद्मा बुझाएको जानकारी दिए । संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ ।

पत्रमा भनिएको छ, “स्वतन्त्र, सक्षम, प्रभावकारी न्यायपालिकाका लागि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा अझै पनि रहनु उचित नहुँदा अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि नेपालको संविधानको धारा १२९ बमोजिम सिफारिस गर्न अनुरोध गर्दछौँ ।”

नेपालको संविधानको धारा १३६ मा सर्वोच्च अदालत र मातहतका अदालत, विशिष्टीकृत अदालत वा अन्य न्यायिक निकायको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशको हुनेछ भनी व्यवस्था गरेको छ । विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा रहिआएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ८ : १९ बजे

युक्रेनी आक्रमणपछि रूसमा इन्धन अभाव चर्कियो

मस्को- युक्रेनले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि रूसका

तीन प्रतिशत समता शिक्षा शुल्क अभिभावकमाथि नथोपर्न आग्रह

काठमाडौं- सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना