बागमती प्रदेशका सातवटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण « Khabarhub

बागमती प्रदेशका सातवटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेश सरकारले उक्त प्रदेशअन्तर्गतका विभिन्न स्थानका सातवटा अस्पताललाई आज हेटौँडामा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

बागमती प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रद्वारा सातवटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । आपूर्ति केन्द्रका अनुसार प्रदेशको वुकुलर अस्पताल रत्ननगर, रामेछाप अस्पताल, मेथिनकोट अस्पताल काभ्रे, वज्रबाराही अस्पताल चापागाउँ ललितपुर, भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल काठमाडौँ तथा पशुपति चौलागाईं स्मृति अस्पताल दोलखालाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएकोे हो ।

केन्द्रका अनुसार ती एम्बुलेन्स (ख) वर्गको रहेको तथा प्रतिएम्बुलेन्स रु ५२ लाख ९० हजारमा खरिद गरिएको बताइएको छ । सात वटा एम्बुलेन्सको कूल खरिद मूल्य रु तीन करोड ७० लाख ३० हजार रहेको छ ।

आपूर्ति केन्द्रद्वारा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले अस्पतालका सम्बन्धित निकायलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले अस्पताललाई सुविधा सम्पन्न बनाउने योजनाअन्तर्गत उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको बताए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ८ : ३० बजे

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

टरिगाउँ विमानस्थल : न त जहाजको टुङ्गो, न त बजेटकै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पुराना विमानस्थलमा