सबैले सधैं प्रयोग गर्ने साधन होइनौं : रञ्जिता चौधरी « Khabarhub

सबैले सधैं प्रयोग गर्ने साधन होइनौं : रञ्जिता चौधरी


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सभापति रञ्जिता श्रेष्ठ चौधरीले आफनो पार्टी सधै अरुले प्रयोग गर्ने साधन नभएको बताएकी छिन ।सुदुरपश्चिम प्रदेशमा आफैले समर्थन गरेर निमार्ण गरेको नेकपा एमालेका राजेन्द्र रावल नेतृत्वको प्रदेश सरकार विश्वासको मत नपाएर आज ढले लगत्तै सभापति श्रेष्ठले आफनो पार्टी बिचारमा कट्टिबद्ध रहेको पनि जनाएकी छिन ।

‘हामी विचारमा कटिबद्ध छौँ, सबैले सधैं प्रयोग गर्ने साधन होइनौं,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘यो देश हाम्रो पनि हो, देशको शासन प्रशासनमा हाम्रो पनी सहभागिता रहनुपर्दछ, भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मुलबासिको अपमान गरेर मुलुक कहिल्यै समृद्धिशाली हुनसक्दैन, त्यसैले जनभावनाको कदर गरौँ, जनमतको कदर गरौ ।’

आफना पति रेशमलाल चौधरीको रिहाई नगरेको तथा कैलालीका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरे पछि आक्रोशित हुदैँ आएको उन्मुक्ति पार्टीले सत्ता साझेदार एमालेवाट मुख्यमन्त्री भएका रावललाई विश्वासको मत नदिदाँ महिना दिनमा नै सुदुरपश्चिम सरकार ढल्न पुगेको छ । गत २७ पुसमा उन्मुक्तिको समर्थनमा रावल सुदुरपश्चिम सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए ।

‘अहिलेसम्म राज्य टीकापुर घटनाप्रति अनुदार छ, मानवअधिकारकर्मीहरुले आँखा खोलेका छैनन्। हामीलाई उचालल्नेहरुको ताँती पनि लामै छ तर हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं,’ उनले फेसबुकमा लामो स्टाटस लेख्दै प्रश्न गरेकी छिन, ‘राष्ट्र प्रति हिजो आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैन रु झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालीरहन्छौं।’

उनका अनुसार न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिएको श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ८ : ४७ बजे

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल