चोरी शिकारीले गैँडा मारेपछि अध्ययन गर्न टोली गठन | Khabarhub Khabarhub

चोरी शिकारीले गैँडा मारेपछि अध्ययन गर्न टोली गठन


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारीले गैँडा मारेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययन गर्न टोली गठन गरेको छ । टोली गठन भएसँगै अध्ययन थालिएको छ ।

विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा छ सदस्यीय टोलीले चोरी शिकारीले गैँडा मार्न थालेपछि अध्ययन सुरु गरेको हो । अध्ययन सुरु गरेको एक महिनामा प्रतिवेदन बुझाउने गरी विभागले अध्ययन टोली पठाएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

अध्ययन टोलीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रतिनिधि, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा नरेश सुवेदी, जेड एसएल नेपालका कार्यक्रम संयोजक विष्णु थपलिया, विश्व वन्यजन्तु कोषको वन्यजन्तु अपराध नियन्त्रण शाखाका प्रमुख माधव खड्का र सदस्य सचिवमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक अनुसन्धान अधिकृत रुपक महर्जन रहेका छिन् ।

केही समयअघि चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत भुताहा क्षेत्रमा चोरी शिकारीले विद्युतीय तारको प्रयोग गरी गैँडा मारेसँगै अध्ययनका लागि टोली गठन गरिएको हो । गैँडाको बासस्थान, संरक्षणका चुनौतीलगायतका विषयमा सो टोलीले अध्ययन गर्नेछ । यसअघिसम्म चोरी शिकारीले विद्युतीय तारको प्रयोग गरेर गैँडा मारेका थिएनन् ।

टोलीले अध्ययनपछि चितवन राष्ट्रिय निकुञ्जमा हाल भइरहेको समग्र संरक्षण र सुरक्षा व्यवस्था, चोरी शिकार प्रतिरोध एकाइको प्रभावकारिता र सुराकी सञ्जालको अवस्था, संरक्षणमा समुदायको भूमिका र परिचालनको अवस्था, वन्यजन्तु अपराध नियन्त्रणका लागि प्रयोगमा ल्याइएको प्रविधिको अवस्था, वन्यजन्तु संरक्षणमा अन्य सरोकारवाला निकायको सहभागिता बढाउन गर्नुपर्ने कार्यसम्बन्धी रायसहितको सुझाव पेश गर्नेछ ।

यस्तै टोलीले आगामी दिनमा चोरी शिकारीका घटना दोहोरिन नदिन अत्यावश्यक कार्यको पहिचानसमेत गरेर सुझाव विभागमा पेश गर्नेछ । अहिले टोलीले स्थलगत अध्ययनको काम गरिरहेको सूचना अधिकारी तिवारीले जानकारी दिए । उनका अनुसार यो कामपछि तथ्याङ्क सङ्कलन गरी विभागमा रहेर काम हुनेछ । टोलीले दिएको प्रतिवेदनका आधारमा निकुञ्ज विभाग र चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा आफ्नो रणनीति बनाउने तिवारीले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १२ वटा गैँडा मरेका छन् । तीमध्ये दुई वटा चोरी शिकारीले मारेका हुन् भने १० वटा कालगतिले मरेका छन् । पछिल्लो तथ्याङ्कअनुसार यस निकुञ्जमा छ सय ९४ वटा गैँडा रहेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ८ : ५७ बजे

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै

सिसिटिभी फुटेजसहित एनसेले दियो प्रहरीमा उजुरी

काठमाडौं– काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४

बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन-  भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय

तारकेश्वर नगरपालिकाका कामकाज सञ्चालनमा

काठमाडौं-  जेन-जी युवाहरूको प्रदर्शनी र आगजनीका कारण क्षतिग्रस्त तारकेश्वर नगरपालिकाको