यही वर्ष भुटान अतिकम विकसित मुलुकबाट बढुवा हुने « Khabarhub

यही वर्ष भुटान अतिकम विकसित मुलुकबाट बढुवा हुने


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भुटान यही वर्ष अतिकम विकसित मुलुकबाट बढुवा हुने भएको छ । भुटानी अधिकारीलाई उद्धृत गर्दै द भुटान लाइभले जनाएअनुसार यही वर्षको जुन महिनामा अतिकम विकसित मुलुकबाट बढुवा हुने अपेक्षा गरिएको छ ।

भुटानी अर्थ मन्त्रालयका अधिकारीले कोरोना महामारीका कारण ठूलो क्षति पुगेपनि यही वर्षको जुन महिनामा बढुवा हुने अपेक्षा गरिएको बताएका छन् । स्थीर संक्रमणकालीन रणनीति अवलम्बन गर्ने मुलुकहरु अतिकम विकसितबाट बढुवा हुने गरेका छन् ।

यसका लागि भुटान सरकारले वृहद अर्थशास्त्रीय स्थीरता, उत्पादन स्थान विविधीकरण र विपद सहनशीलतालाई संक्रमणकालीन रणनीति बनाएको छ ।

अधिकारीहरुले भने भुटान अतिकम विकसित मुलुकबाट बढुवा भएपनि अन्तर्राष्ट्रिय सहयोगमा कुनै प्रभाव नपर्ने स्पष्ट पारेका छन् ।

एसियामा अतिकम विकसिम मुलुकहरु भुटान र नेपालसँगै बंगलादेश, म्यान्मार, अफगानिस्तान, कम्बोडिया, लाओस, टिमोर लेस्ते र यमन रहेका छन् । यसअघि सन् २०११ अर्को दक्षिण एसियाली मुलुक मालदिभ्स अतिमक विकसित मुलुकबाट बढुवा भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ८ : ५९ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले