यही वर्ष भुटान अतिकम विकसित मुलुकबाट बढुवा हुने « Khabarhub

यही वर्ष भुटान अतिकम विकसित मुलुकबाट बढुवा हुने


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भुटान यही वर्ष अतिकम विकसित मुलुकबाट बढुवा हुने भएको छ । भुटानी अधिकारीलाई उद्धृत गर्दै द भुटान लाइभले जनाएअनुसार यही वर्षको जुन महिनामा अतिकम विकसित मुलुकबाट बढुवा हुने अपेक्षा गरिएको छ ।

भुटानी अर्थ मन्त्रालयका अधिकारीले कोरोना महामारीका कारण ठूलो क्षति पुगेपनि यही वर्षको जुन महिनामा बढुवा हुने अपेक्षा गरिएको बताएका छन् । स्थीर संक्रमणकालीन रणनीति अवलम्बन गर्ने मुलुकहरु अतिकम विकसितबाट बढुवा हुने गरेका छन् ।

यसका लागि भुटान सरकारले वृहद अर्थशास्त्रीय स्थीरता, उत्पादन स्थान विविधीकरण र विपद सहनशीलतालाई संक्रमणकालीन रणनीति बनाएको छ ।

अधिकारीहरुले भने भुटान अतिकम विकसित मुलुकबाट बढुवा भएपनि अन्तर्राष्ट्रिय सहयोगमा कुनै प्रभाव नपर्ने स्पष्ट पारेका छन् ।

एसियामा अतिकम विकसिम मुलुकहरु भुटान र नेपालसँगै बंगलादेश, म्यान्मार, अफगानिस्तान, कम्बोडिया, लाओस, टिमोर लेस्ते र यमन रहेका छन् । यसअघि सन् २०११ अर्को दक्षिण एसियाली मुलुक मालदिभ्स अतिमक विकसित मुलुकबाट बढुवा भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ८ : ५९ बजे

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि