वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाउने एमाले निर्णय « Khabarhub

वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाउने एमाले निर्णय


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा (एमाले) ले वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको एमाले १५औँ सचिवालय बैठकले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।

बैठकले गत पुस १० गते पार्टीको पहलकदमी र अग्रसरतामा वर्तमान सरकार गठन भएकोमा जनतामा व्यापक उत्साह सिर्जना भएको निष्कर्ष निकाल्दै वर्तमान सरकार गठनपछि मुलुकको आर्थिकलगायत सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिएको जनाएको छ ।

‘मिसन ग्रासरुट’ सञ्चालन

बैठकले पार्टीको वैचारिक तथा साङ्गठनिक सुदृढीकरणका लागि आगामी फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीका सदस्यले दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्ने र अभियान सञ्चालन फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिए।

कार्यविभाजन

बैठकले रिक्त रहेका ठाउँमा कार्यविभाजन गरी जिम्मेवारी तोकेको छ । पार्टीको अर्थ तथा योजना विभाग प्रमुखमा स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेलाई जिम्मेवारी दिइएको छ । यसअघि उक्त विभागको प्रमुख घनश्याम भुसाल थिए । उनले एमालेबाट राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो ।

प्रदेश–१ को इन्चार्जमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, अपाङ्गता फाँटको इन्चार्जमा पोलिटब्यूरो सदस्य पार्वत गुरूङ र धनुषा जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य शीला यादवलाई आजको बैठकले तोेकेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनाका बारेमा धारणा राखेका थिए । ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ९ : १३ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ