चुरे पर्वतीय शृङ्खलावासीलाई वडा कार्यालय आउन दुई दिन | Khabarhub Khabarhub

चुरे पर्वतीय शृङ्खलावासीलाई वडा कार्यालय आउन दुई दिन


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको चुरे पर्वतीय शृङ्खला क्षेत्रका बासिन्दालाई वडा कार्यालयसम्म आउन दुई दिन लाग्ने गरेको छ । उनीहरू एउटै खोला १७ जँघार तर्दै भिरपाखा एवं विकट बाटो पैदलयात्रापछि लालबन्दी–१३ को वडा कार्यालयमा आउने गरेका छन् ।

सडक, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता आधारभूत सेवाबाट वञ्चित रहेको चुरे भेगका विकट बस्ती नगरपालिकामा परे पनि आफूहरुले नगरवासी भएको महसुस नै गर्न नपाएको लालबन्दी–१३ कर्मदण्डीका दिलबहादुर स्याङ्तानको भनाइ छ । स्याङ्तानको भनाइलाई समर्थन गर्दै स्थानीय पदमबहादुर वलले भने, “बालबालिका, वृद्घवृद्घा तथा गर्भवतीलाई उपचारको खाँचो पर्दा मुस्किल बेहोर्नुपरेको छ ।”

चुरे पर्वतीय शृङ्खलामा अवस्थित पत्थरकोट, ईश्वरपुर, हरिवन तथा बागमती नगरपालिकाको उत्तरी भेगका बासिन्दा बाटोघाटोको अभाव एवं बाटोघाटोको दूरावस्थाका कारण उनीहरूले सास्ती बेहोर्न बाध्य भएका हुन् ।

लालबन्दी नगरपालिका–१३ पत्थरकोटका वडाध्यक्ष शिवकृष्ण वैद्यले मोचे, कपासे, कर्मदण्डीजस्ता गाउँका बासिन्दालाई वडा कार्यालयसम्म आउन दुई दिनसम्मको समय लाग्ने गरेको बताए । उनले मोचे गाउँदेखि चुरे पर्वतीय शङ्खलाको कठिन गोरेटो छिचिल्दै २० किलोमिटर लामो दूरीको पैदलयात्रापछि गाउँले वडा कार्यालयसम्म आउने गरेको बताए ।

उनका अनुसार विकट बस्तीबाट कार्यालयमा आएका सेवाग्राहीलाई पहिलो प्राथमिकता दिने गरिएको छ । उनले भने, “गाउँमा आगलागी हुँदा दमकल सुविधा तथा बालबालिका, वृद्घवृद्घा तथा गर्भवतीलाई आवश्यक पर्दा एम्बुलेन्स सेवा छैन ।”

त्यस्तै, लालबन्दी नगरपालिका–१४ नम्बर वडामा पर्ने नारायणखोलालाई सर्लाहीको ‘कर्णाली’ भन्ने गरिन्छ । यहाँको कपासे, मटरदोभान, सताप्स, तीनतल्ले, ठूलो घुमाउने, सानो घुमाउने तथा महेशथान बस्तीका बासिन्दा पनि वर्षौंदेखि बाटोघाटोको समस्याका कारण हैरान छन् ।

नारायणखोलाको क्षेत्रमा पर्ने कपासे बस्तीका कृष्णबहादुर वाइबाले हिउँदभन्दा वर्षायाममा गाउँलेले सास्ती बेहोर्नुपरेको गुनासो गरे । उनले मटरखोला, डायनीखोला र नारायणखोलाको पानी लखनदेहीमा मिसिने भएकाले खोला तर्न नसकिने बताए । उनले भने, “पुलपुलेसा तथा बाटो नभएकाले चुरेको खोँच र एउटै लखनदेहीखोला १७ पटकसम्म तरेर वडा कार्यालयसम्म आउनुपर्ने बाध्यता छ ।”

ईश्वरपुर नगरपालिकाको वडा नं १२, लालबन्दी नगरपालिकाको वडा नं १२, १३, १४ र १५, हरिवन नगरपालिकाको वडा नं १ र बागमती नगरपपालिकाको वडा नं १ मा चुरे भेगका विकट बस्ती रहेका छन् । वडा कार्यालयसम्म आउन घण्टौँ लाग्ने भएकाले चुरेवासीलाई जन्मदर्ता, नागरिकताको सिफारिस, विवाहदर्ता, मृत्युदर्तासहित वडाबाट प्रदान हुने अन्य सेवा लिन सास्ती खेपिरहेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ९ : ४८ बजे

हराएका हतियार खोज्दै प्रहरी

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेन-जी पुस्ता’ले गरेको आन्दोलनका क्रममा

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकका परिवारलाई जनही एक लाख किरिया खर्च

काठमाडौँ- गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदबहाली गरेका छन्

बेलायती भ्लगरले खिचेको भिडियो कसरी गायब भयो ?

काठमाडौँ– जेन-जी आन्दोलनले देशभर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचेको बेला

 देशभर डेंगु संक्रमितको संख्या ४३ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ३९ जनामा डेंगुको

नवनियुक्त तीन मन्त्रीलाई बधाई दिँदै एमाले नेता बस्नेतले उठाए तीन प्रश्न

काठमाडौँ– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्त तीन मन्त्रीलाई नेकपा