बुर्किना फासोकाे सुनखानीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु « Khabarhub

बुर्किना फासोकाे सुनखानीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पश्चिमी बुर्किना फासोमा रहेको अस्थायी सुनखानी भत्किँदा १० जनाको मृत्यु भएको छ । बुकिना फासोको खानी व्यवसायी सङ्घका अनुसार बिहीबार दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बुधबार बिहान उनीहरू खानीमा काम गरिरहेको समयमा खानीभित्र पहिरो जाँदा उनीहरू खानीमा फसेका थिए ।

स्थानीय सुन खानी व्यवसायी सङ्घका अधिकारी अबासे डेर्राका अनुसार हाउन्डे सहर नजिकैको खानीमा उनीहरू फसेका थिए । खानीमा काम गरिरहेका कामदारमध्ये अझै केहीलाई जीवित उद्धार गर्न सकिने विश्वाससहित थप श्रमिकको उद्धार प्रयास जारी रहेको छ ।

“अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ,” सङ्घका एक सदस्य मौसा ओएड्राओगोले भने। बुर्किना फासोको सुन खानी स्थलहरूमा बारम्बार पहिरो खस्ने गरेको छ, जहाँ स्थानीय समुदायहरूले थोरै लाभ पाउने गरेका महसुस गर्छन्, बताउने गरिएको छ ।

बुर्किना फासोमा १७ वटा औद्योगिक खानीले प्रतिवर्ष करिब ७० टन उत्पादन गर्ने गरेको छ । यहाँबाट युरोप, अमेरिका, चीनलगायतका विश्वका विभिन्न गन्तव्यमा सुन निर्यात हुनेगर्छ । खानी मन्त्रालयका अनुसार अनौपचारिक खानीले हरेक वर्ष १० टन सुन उत्पादन गर्छ भने करिब १५ लाख मानिसलाई रोजगारी दिन्छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ९ : ५४ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल