राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रधानमन्त्री « Khabarhub

राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रधानमन्त्री


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले विगतको अभ्यासका आधारमा हेर्दा पनि मुलुकको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताए ।

उनले विगतमा भएका त्रुटिहरूप्रति सचेत रहँदै राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताए माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा पार्टीका महासचिव देवप्रसाद गुरुङले हालै सम्पन्न स्थायी समितिको बैठकले गरेका निर्णयका बारेमा आफ्नो धारणा राखेका थिए । बैठकमा पार्टी अध्यक्ष दाहालले समसामयिक राजनीतिक विषयका साथै पार्टीका स्थायी समितिले गरेको निर्णयका बारेमा प्रष्ट पारेका थिए ।

उनले पार्टीले आगामी दुई महिनासम्म सञ्चालन गर्ने अभियानका बारेमा उल्लेख गरेका थिए । दुई महिने सङ्गठनात्मक अभियानमा पार्टीका केन्द्रीय सदस्यहरू हरेक टोल र वडासम्म पुगेर जनतासँग अन्तरक्रिया गर्ने र पार्टी सङ्गठन विस्तार गर्ने छन् । अभियानलाई माओवादीले जनतासँग पार्टी जोड्ने र सरकारको काम कारबाहीका सम्बन्धमा सुझाव लिने अभियानको रूपमा अर्थ्याएको छ ।

जनतासँगको छलफलका आधारमा आगामी दुई महिनापछि पार्टीको केन्द्रीय समितिको बैठकमा आगामी कार्यभारका बारेमा व्यापक छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १० : ०७ बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,