टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या १९ हजार नाघ्यो « Khabarhub

टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या १९ हजार नाघ्यो


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी उन्नाइस हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् ।

टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मुत्यु हुनेको सङ्ख्या झण्डै १५ हजारभन्दा बढी पुगेको छ ।अत्यधिक चिसोका कारण चौथो दिन पनि खोजीमा बाधा पुगेको छ । विज्ञहरूले जीवन बचाउने सबैभन्दा सम्भाव्य अवधिका रूपमा लिएको ७२ घण्टाको समय बितिसकेको छ ।

बाब अल–हवा सीमा नाकाका एक अधिकारीले एएफपीलाई बताएअनुसार विद्रोहीको कब्जामा रहेको उत्तरपश्चिमी सिरियामा बिहीबार सहायता पुगेको छ । एक दशक लामो गृहयुद्धमा र हवाई आक्रमणका कारण अधिकांश सुविधासम्पन्न अस्पतालहरू ध्वस्त बनेका थिए, अर्थतन्त्र ध्वस्त बनेको थियो र बिजुली, इन्धन र पानीको अभाव हुँदै आएको थियो ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १० : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना