छालादेखि पेटसम्मको उपचारका लागि उपयोगी प्याज « Khabarhub

छालादेखि पेटसम्मको उपचारका लागि उपयोगी प्याज

दैनिक प्याज खानुका फाइदा


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वमा सबैभन्दा बढी खाइने र प्रयोग हुने तरकारीमा प्याज पर्छ। हरेक व्यक्तिको भान्सामा प्याजको प्रयोग हुन्छ। प्याज सेवनका फाइदा अनगिन्ती छन्। समयमा प्रयाप्त निद्रा नपर्ने समस्या भएका मानिसको लागि बेलुकीको खानामा प्याजलाई सलादको रुपमा प्रयोग गर्दा निकै फाइदाजनक मानिन्छ। प्याज स्वादिलो र राम्रो तरकारी मात्र नभइ, अति राम्रो औषधि पनि हो। प्याजमा केलिसिन र राइबो फलेबिन (भिटामिन बी) समेत पर्याप्त मात्रामा हुन्छ। यसका साथै प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट पनि हुन्छ। प्याजलाई बाहिरी देशमा काँचो सलादका रुपमा पनि खाने चलन छ।

पेटको फाइदा
काँचो प्याजको सेवनले पेटमा भएका समस्या कब्जियत, ग्यास्ट्रिक, अल्सरलगायतका रोगलाई ठिक गर्छ। नियमित प्याजको सेवनले फाइदा गर्ने भएकाले यसलाई स्वास्थ्यवद्र्धक मानिन्छ।

महिनावारीको समस्याबाट छुटकारा
धेरै महिलाहरु महिनावरीको समस्याले पीडित हुन्छन्। यस्तै त हो नि अलिअलि समस्या भइहाल्छ भनेर उपचारमा गएको पनि पाइदैन। यस्तो अवस्थामा प्याजको रसमा मह मिसाएर खाँदा दुखाईबाट छुटकारा मिल्छ।

मिर्गौलामा फाइदा
नियमित प्याजको सेवनले मिर्गौलामा भएको पत्थरीलाई रोक्न सहयोग गर्छ।

कपालमा फाइदाः प्याजको रस निकालेर हप्तामा दुई पटकसम्म लगाउदा कपालको जरा बलियो बनाउनको साथै कपाल झर्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ। प्याजको रसमा घिउकुमारीको रस मिसाएर लगाउँदा कपाल बढ्न र चिल्लो बनाउन मद्दत गर्छ।

मुटुलाई स्वस्थ बनाउन
कोही मान्छेमा मुटुमा समस्या छ भने प्याजले रगतलाई पातलो बनाउँछ र मुटुलाई स्वस्थ बनाउछ। काँचो प्याजको रस बनाएर पिउँदा पिसाब सम्बन्धी समस्याको समाधान हुन्छ।

प्याजको सेवनले खकारको समस्या, सामान्य ज्वरो, खाना नरुच्ने, नपच्ने र झाडापखालाका लागि पनि निकै फाइदा हुन्छ।

निन्द्रा नलाग्ने र भोक नलाग्ने समस्या भएको मान्छेमा प्याजले धेरै फाइदा गर्ने मानिन्छ। नियमित प्याज खानेहरुको छाला चम्किलो, आकर्षक र स्वस्थ हुन्छ। (चिकित्सकसँगको कुराकानीका आधारमा तयार सामग्री)

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : ३९ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र