सत्य निरुपणसम्बन्धि विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय « Khabarhub

सत्य निरुपणसम्बन्धि विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धिसंशोधित विधेयक आज प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री प्रेस संयोजक सुर्य किरणले जानकारी दिएका छन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुने दिनमै सरकारले संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउन चाहेको सन्देश दिएको छ। तर २०७१ माघमा बनेका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अहिले पदाधिकारीविहीन भएर करिब निष्क्रिय अवस्थामा छन्।

आयोगमा ८ वर्षको अवधिमा पीडितबाट ६४ हजार उजुरी संकलन भएका छन्। नेपालमा २०५२ देखि सुरु भएको सशस्त्र द्वन्द्व १० वर्ष चलेको थियो। त्यसक्रममा भएका घटनालाई संक्रमणकालीन न्यायको संयन्त्रमार्फत टुंग्याउने सहमति सरकार र तत्कालीन विद्रोही पक्ष माओवादीले २०६३ मा गरेका थिए ।

यस्तै आजको मन्त्रीपरिषदले फलफूल,तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाइ यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १० : ११ बजे

फेरि समातिए दुर्गा प्रसाईं

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक

कांग्रेस सभापति बनेपछि गगन पहिलोपटक पोखरामा, मुख्यमन्त्री पाण्डेले गरे स्वागत

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पोखरा आएका छन् ।

स्रोतको सुनिश्चित नगरी बजेट बनाउँदा बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमा

फेरि समातिए दुर्गा प्रसाईं

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक

एपस्टिन फाइलमा दलाई लामाको नाम १६९ पल्ट उल्लेख !

काठमाडौं- एपस्टिन फाइलमा तिब्बती धर्मगुरु दलाई लामाको नाम पनि मुछिएको