मिर्गौलासम्बन्धी चेतनामूलक कार्यक्रम | Khabarhub Khabarhub

मिर्गौलासम्बन्धी चेतनामूलक कार्यक्रम


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा विश्व मिर्गौला दिवस मनाइएको छ । प्रत्येक वर्ष मार्चको दोस्रो बिहीबार यो दिवस विश्वभर मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

आज यहाँ विश्व मिर्गौला दिवसका अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यससम्बनधी जनचेतना बढाउनुपर्ने बताए । ‘राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानलाई निरन्तरता दिनुपर्छ । स्वस्थ जीवन शैली अपनाइ समय समयमा आफ्नो स्वास्थ्य जाँच गराउन जनतामा सचेतना बढाउन आवश्यक छ ।’

दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, अङ्गदान शिविर तथा  मिर्गौला पदयात्रालगायतका विविध कार्यक्रम आयोजना गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्वास्थ्य अभियान नेपाल र अङ्ग प्रत्यारोपण समाज नेपालले संयुक्तरुपमा कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाउने गरेको हो । केन्द्रले मिर्गौला रोगको उपचार र रोकथामबारे सचेतना फैलाउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्दै आएको छ ।

चिकित्सकका अनुसार प्रत्येक १० जनामध्ये एक जनलाई मिर्गौला रोग लाग्ने तथ्यांक छ । केन्द्रका निर्देशक श्रेष्ठका अनुसार मिर्गौला तथा विभिन्न अङ्ग काम नगर्ने समस्याले विकराल रूप लिइरहेको अवस्थामा दिवसले स्वस्थ जीवनशैली तथा अङ्ग दानसम्बन्धी जनचेतनामा अभिवृद्धि हुने बताए ।

उनले भने, ‘अप्रत्याशितरुपमा आइपर्ने सङ्कटबाट जोखिममा भएका समुदायलाई बचाउन पनि यो दिवसको महत्व छ ।’ प्राकृतिक विपत्ति र विभिन्न कारणले विश्वमा करिब ८५ करोड मिर्गौलाका बिरामी स्वास्थ्य सेवाबाट बञ्चित हुने गरेको उनले बताए ।

  स्थापना भएको १० वर्षमा केन्द्रले एक हजार २६ जनाको मिर्गौला प्रत्यारोपण र नौ जनाको सफल कलेजो प्रत्यारोपण गरेको केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट डा कल्पना श्रेष्ठले जानकारी दिए। उनले अङ्गदान शिविरबाट पाँच जनाले आफ्नो मृत्युपछिको अङ्ग दानका लागि नाम लेखाएको बताए ।

यसपटकको मिर्गौला दिवसको नारा ‘अप्रत्याशितरुपमा आइपर्ने संकटबाट जोखिममा भएका समुदायलाई बचाउनु’ रहेको छ । कार्यक्रममा  अङ्गदाता, अङ्ग ग्रहणकर्ता र चिकित्सक, नर्स, कालाकार, समाजसेवीको उपस्थिति थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ६ : १३ बजे

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार