ज्येष्ठ नागरिकको लागी घरैमै पुगेर उपचार अभियान सुरू « Khabarhub

ज्येष्ठ नागरिकको लागी घरैमै पुगेर उपचार अभियान सुरू


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम–  तेह्रथुमको छथर गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरैमा पुगेर सम्मानसहित उपचार अभियान सुरु गरेको छ । ११० वर्षीय टेकबहाद्र बस्नेतलाई सम्मानसहित घरैमा स्वास्थ्य उपचार गर्दै अभियान सुरु गरिएको हो । 

स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य जाँच र निःशुल्क औषधि प्रदान गरेका छन् । ‘गाउँपालिका नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका साथी लौरो उपचार’ भन्ने नाराका साथ अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले जानकारी दिए । 

गाउँपालिकाको ६ वटै वडाहरूमा स्वास्थ्यकर्मीहरू सहित जनप्रतिनिधिहरूको टोलीले स्वास्थ्य उपचार र औषधि वितरण सुरु गरेको छ  । पालिकामा रहेका ६० वर्षमाथिका दलित र ७० वर्ष माथिका अन्यलाई सेवा दिँदै आएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । 

स्वास्थ्य जागरण अभियानअन्तर्गत गाउँपालिकाले नागरिकहरूलाई घरदैलोसम्मान तथा उपचारका साथै गाउँपालिका साथी लोरौ उपचार कार्यक्रम सञ्चालन गरेको प्रवक्ता नेपालीले बताए । 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै