हात्तीपाइलेविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप « Khabarhub

हात्तीपाइलेविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । आजसम्म खुवाइने भनेता पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जानकारी दिए । यसअघि यही फागुन ११ देखि सुरु भएको अभियान आज फागुन २५ गतेसम्मका लागि मात्र तोकिएको थियो ।

उनले अभियानका क्रममा धेरै बिदा भएकाले कोही नछुटुन् भनेर भोलिदेखि पुनः पाँच दिन अभियानलाई निरन्तरता दिने बताए। हात्तीपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा यही फागुन ११ गतेदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिक स्थलमा बुथ बनाई खुवाइएको छ ।

औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधिले शरीरमा हात्तीपाइलेको परजीवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ । हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तीपाइले रोग लागेका खुट्टा सुनिने, पुरुषमा अण्डकोष सुनिने तथा महिलामा स्तन सुनिने गर्दछ ।

महाशाखाले चार जिल्ला बारा, लमजुङ, पर्वत र बागलुङमा दुई प्रकारको औषधि र ११ जिल्लामा झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, रसुवा, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा तीन प्रकारको औषधि खुवाएको छ । दुई प्रकारको औषधिमा अल्वेण्डाजोल र डाइइथाइल कार्बावाजिन तथा तीन प्रकारको औषधिमा अल्वेण्डाजोल, डाइइथाइल कार्बावाजिन र आइभरमेक्टिन खुवाइन्छ ।

महाशाखाका महानिर्देशक डा दासले चार जिल्लामा समुदाय स्तरमा हात्तीपाइले रोगको सङ्क्रमण नदेखिएकाले दुई प्रकारको औषधि र ११ जिल्लामा समुदाय स्तरमा सङ्क्रमण देखिएकाले तीन प्रकारको औषधि खुवाउनुपरेको बताए । उनका अनुसार अहिलेसम्म ७९ प्रतिशत औषधि खुवाइएको छ ।

नेपालमा ४४ जिल्लामा गरिएको हात्तीपाइले रोगको रुग्णता मापन अध्ययनले ३१ हजार २९ जनालाई सङ्क्रमण देखिएको छ । अन्य जिल्लाको अध्ययन भइरहेको छ । शरीरमा हात्तीपाइलेको परजीवी रहेछ भने औषधिले मार्दछ र हात्तीपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन । सरकारले औषधि निःशुल्क उपलब्ध गराउने गर्दछ । सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै