उपराष्ट्रपतिमा यादवलाई उम्मेदवार बनाउने जसपाको निर्णय « Khabarhub

उपराष्ट्रपतिमा यादवलाई उम्मेदवार बनाउने जसपाको निर्णय


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – जनता समाजवादी पार्टी नेपाल, (जसपा) ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको कार्यकारिणी सदस्य शिवलाल थापाले जानकारी दिए ।

रामसहायप्रसाद यादव गएको मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति भएको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गतेका लागि तय गरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १० : ०३ बजे

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि