भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्रीसहितलाई कैद र जरिवाना « Khabarhub

भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्रीसहितलाई कैद र जरिवाना


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहिद सात जनालाई कैद र जरिवाना हुने ठहर गरेको छ ।विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले यही फागुन १६ गते भृकुटीमण्डपको जग्गामा भ्रष्टाचार भएको ठहर गरेको थियो । त्यस प्रकरणका दोषीलाई आज सजाय निर्धारण भएको हो ।

भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा समाज कल्याण परिषद्लाई रू २० करोडभन्दा बढी भ्रष्टाचार गरेको ठहर अदालतले गरेको छ । अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईका अनुसार पूर्वमन्त्री न्यौपानेलाई नौ वर्ष कैद र रू दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन जरिवाना, रू दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन बिगो र थप छ महिना कैद सजाय निर्धारण भएको छ ।

पूर्वमन्त्री टेकबहादुर गुरुङलाई मतियार ठहर गर्दै रू एक करोड २१ लाख, ८४ हजार चार सय एक जरिवानाको सजाय निर्धारण भएको छ ।सातै जनालाई रू दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन जरिवाना, रू दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन बिगो तोकिएको भए पनि फरक फरक कैद सजाय तोकिएको छ ।

प्रमोद मेहतालाई आठ वर्ष छ महिना कैद, हरिप्रसाद न्यौपानेलाई आठ वर्ष कैद, नुमराज शर्मालाई आठ वर्ष कैद, मदनकुमार लाल कर्णलाई आठ वर्ष कैद र रवीन्द्रकुमार यादवलाई आठ वर्ष छ महिना कैद रहेको छ । कुञ्जबिहारीप्रसाद चौधरीलाई कैद छैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १० : ३६ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन