स्याउका फाइदा: मोटोपनदेखि क्यान्सर नियन्त्रणसम्म « Khabarhub

स्याउका फाइदा: मोटोपनदेखि क्यान्सर नियन्त्रणसम्म


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्याउ जुनसुकै समयमा पनि सजिलै उपलब्ध हुन्छ। तुलनात्मक रूपमा त्यति महंगो पनि नभएको कारणले धेरैको घरमा सजिलै पाइने पनि गरिन्छ। पछिल्लो समय बिरामी र बच्चालाई पनि स्याउ खुवाउने गरेको पाइन्छ। स्याउको सेवनले पाचन यन्त्रलाई चुस्त राख्नुको साथै प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। स्याउमा धेरै क्याल्सियम पाइन्छ। त्यसैले प्रतिदिन स्याउको सेवन गर्दा हड्डीहरू मजबुत हुन्छन्। जो व्यक्तिको हड्डी मजबुत हुन्छ उसलाई कम थकान महसुस हुन्छ। बनाएर राखेको स्याउको जुस भन्दा पनि फ्रेस स्याउ खानु अधिक लाभ हुन्छ। स्याउमा पाइने पोलीफेनलले प्यानक्रियाजमा हुने तन्तुलाई क्षति हुनबाट बचाउँछ। स्याउको सेवनले स्मरणशक्ति राम्रो बनाउँछ। स्याउमा हुने पोलीफेनोलले उच्च रक्तचापलाई घटाउने गर्दछ। त्यस्तै स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ। पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमशः कम हुँदै जान्छ । स्याउका सेवन झाडापखला तथा कब्जियतका लागि लाभदायक छ।

स्याउका फाइदा
बहुगुणी स्याउका फाइदालाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ।

कोलेस्टेरोल घटाउँछ
दैनिक रूपमा स्याउ सेवन गर्दा स्याउमा पाइने घुलनशील फाइबरले आन्द्राको चिल्लो पदार्थसँग बाँधिएर शरीरमा कोलेस्टेटोलको मात्रा कम हुन्छ।

सुन्दरता बढाउँछ
दैनिक स्याउको सेवनले हामीलाई सुन्दरता प्रदान गर्नमा निकै महत्त्वपूर्ण भूमिका खेल्छ। छालालाई चम्किलो र नमर बनाइ राख्छ। स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ। स्याउको सेवनले अनुहारमा रहेका काला र सेता धब्बालाई कम गर्छ।

रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि गराउँछ
स्याउमा धेरै पानी र फाइबर हुन्छ जसले पूर्ण आहारको काम गर्दछ। साथै रोग प्रतिरोधात्मक क्षमतामासमेत वृद्धि गराउँछ।

मुटु स्वस्थ राख्न मद्दत गर्छ
नियमित स्याउको सेवनले मुटुलाई स्वस्थ राख्छ। स्याउमा पाइने सोलुबल फाइबरले मुटु रोग लाग्ने सम्भावना कम गर्छ।

दाँतलाई फाइदा गर्छ
स्याउमा टुथपेस्टमा हुने गुण हुने भएकाले यसले दाँतको पहेँलोपना हटाउन र दाँतलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। स्याउ मजाले चपाएर खाँदा दाँतको भएको ब्याक्टेरियाबाट समेत छुटकारा पाउन सकिन्छ। स्याउले र दाँतमा क्याभिटी हुनबाट बचाउँछ।

मोतियाबिन्दुको समस्यामा लाभ
दैनिक स्याउको सेवन गरेमा आँखामा हुने मोतियाबिन्दुको समस्याबाट बचाउन मद्दत गर्छ। साथै आँखासम्बन्धी अन्य रोग पनि लाग्ने सम्भावना न्यून हुन्छ। आँखालाई तेजिलो र स्वस्थ राख्नको लागि स्याउ उपयोगी मानिएको छ।

क्यान्सरबाट बच्न मद्दत गर्छ
फाइबर, क्याल्सियम, एन्टि–अक्सिडेन्ट तथा प्लेबिनाइड तथा फाइटोकेमिकल्सले भरिपूर्ण स्याउको सेवनले मोटोपना कम गर्छ। कलेजो, स्तन र आन्द्राको क्यान्सर जस्तो घातक रोगबाट समेत बचाउँछ।

मोटोपन नियन्त्रण
नियमित स्याउ खाँदा मोटोपन हटाउन सहयोगी हुन्छ । साथै, मोटोपनबाट हुने हृदयाघात, डायबिटिज, मुटुरोग जस्ता विभिन्न समस्याको सम्भावना हुँदैन।

दम रोगीलाई फाइदा
स्याउ सेवन गर्नु दम रोगीको लागि निकै फाइदाजनक हुन्छ। स्याउले दमको आक्रमणलाई रोक्न प्रभावकारी हुन्छ। स्याउमा पाइने तत्वले फोक्सोलाई शक्तिशाली बनाउँदछ। (चिकित्सकसँगको कुराकानीको आधारमा तयार स्वास्थ्य सामग्री)

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : १५ बजे

इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी

काठमाडौं – साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध

एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो