चेन्नाईले मुम्बईलाई ७ विकेटले हरायो « Khabarhub

चेन्नाईले मुम्बईलाई ७ विकेटले हरायो


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले दोस्रो जित निकालेको छ।

बलिङमा रविन्द्र जडेजा र ब्याटिङमा अजिन्का रहाने चम्किएपछि चेन्नाईले मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको सहज जित निकालेको हो।

वान्खडे रंगशालामा घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८ दशमलव १ ओभरमा तीन विकेट गुमाएर भेट्टायो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएको थियो।

चेन्नाईको जितमा रहानेले २७ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाउँदा जडेजाले ४ ओभरमा २० रन खर्चेर तीन विकेट लिएका थिए । तुसार देसपान्डे र मिचेल सान्टनरले २/२ विकेट लिए । सिसान्डा मागालाले एक विकेट लिए ।

मुम्बईका लागि जासोन बेहरेनडोर्फ, पियुष चावला र कुमार् कार्तिकेयाले समान एक/एक विकेट लिए ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ। अंकविहीन मुम्बई तालिकाको आठौँ स्थानमा छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ५५ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले