भिल्लासँग रियल पराजित « Khabarhub

भिल्लासँग रियल पराजित


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा रियल म्याड्रिड भिल्ला रियलसँग पराजित भएको छ ।

घरेलु मैदानमा रियल भिल्ला रियलसँग ३–२ को अन्तरले पराजित भएको हो । रियल भन्दा एक खेल कम खेलेको बार्सिलोना ७१ अंकका साथ शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानमा रहेको बार्सिलोनासँग १२ अंकले पछि परेको छ ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पहिलो हाफको १६औं मिनेटमा पाउ टोरेसको आत्मघाती गोलबाट रियलले अग्रता लिएको थियो तर ३९औं मिनेटमा भिल्लाका सामुइल चुकविजीले गोल फर्काउदै खेललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याउन सफल भए । खेलको थप समय अर्थात ४८औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई पुनः २–१ को अग्रता दिलाए ।

पहिलो हाफमा २–१ को अग्रता कायम गरे पनि दोस्रो हाफमा भने रियलले अग्रता जोगाउन सकेन, खेलको ७०औं मिनेटमा भिल्लाका जोश लुइस मोरालेसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याई दिए ।

अन्त्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक देखिएको खेलको दोस्रो हाफको ८०औं मिनेटमा सामुइल चुकविजीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लालाई ३–२ को अवस्थामा अघि बढाए ।

साथै, ८३औं मिनेटमा रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेको पनि भिल्लाले त्यसलाई अस्विकार गरयाे । त्यसपछि भिएआरबाट परिक्षण गरी हेर्दा भने भिल्लाले भने झै रियलले पेनाल्टी पाएन । अन्तत त्यसपछि थप गोल निस्कन नसक्दा रियल घरेलु मैदानमा नै ३–२ ले पराजित हुन पुग्यो ।

यस हारसँगै रियल २८ खेलबाट ५९ अंकमा सिमित भएको छ भने भिल्लारियल ४७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । शनिवारको खेलमा पराजित भएसँगै बार्सिलोनासँग अंक फराकिलो गर्न रियल बाध्य भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ४१ बजे

एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको सहज जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले सहज

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा थप कडाइ, स्वीकृत संस्थाबाट मात्रै जाँच गर्न निर्देशन

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने

मोरङ १ : पुरानालाई विरासत जोगाउने चुनौती, मतदाताको असन्तुष्टिमा खेल्दै नयाँ दल

मोरङ- मोरङ निर्वाचन क्षेत्र नम्बर–१ यतिबेला चुनावी माहोल तातेको छ।

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५