‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन « Khabarhub

‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गण्डकी – जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ ।

संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा भइरहेका विभिन्न घटनाक्रमको साङ्केतिक विरोधस्वरुप पृथ्वीचोकको गोलघर अगाडि उक्त कविता वाचन गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिए ।

विकृति, विसङ्गतिप्रति सम्बन्धित निकायको चासो नपुगेको जनाउँदै उहाँले कार्यक्रममार्फत जनआवाजलाई सुनाउने अपेक्षा गरिएको बताए । संस्थाका उपाध्यक्ष प्रा डा यामबहादुर पौडेल क्षेत्रीले साङ्केतिकरूपमा मञ्चका कुर्ची पात्रविहीन बनाएर कार्यक्रम आयोजना गरिएको सुनाए ।

संस्थाले गण्डकी प्रदेशभित्रका उत्कृष्ट २५ स्रष्टालाई शीर्षक दिएर रचनासहित आमन्त्रण गरेको थियो । यी रचनालाई संस्थाको मुखपत्र हिमवत्खण्ड सौरभको आगामी अङ्कमा प्रकाशन गर्ने प्रवक्ता ताराबहादुर गुरुङले जनाए ।

लोकसंस्कृतिका अध्येता प्रा डा कुसुमाकर न्यौपानेले कवि कलाकारहरूले हाम्रो भाषामाथि भएको अन्यायका विरुद्ध मुख थुनेर बस्न नहुने धारणा राखे । राजनीतिक विश्लेषण महेन्द्रमान व्यथित, संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले राज्यमा सुशासन कायमका लागि कवि कलाकारको ठूलो भूमिका रहेको बताउँदै बेथितिका विरुद्ध कार्यक्रम आयोजना गरिएको बताए ।

सञ्चारकर्मी शिवराज बस्ताकोटी (शिवदाइ), अग्रज पत्रकार रुद्रबहादुर थापा, उदयबहादुर अमात्यले यस्ता कार्यक्रमले राज्यलाई सही दिशानिर्देश गर्ने धारणा राखे ।

साहित्यकार डा जगन्नाथ रेग्मी, शिवप्रसाद गौतम, छविलाल आचार्य, सडक कवि बलराम तिमिल्सिना, तेजबहादुर गुरुङ, अल्पविराम पोखरेली, धर्मराज अल्पायु, वसन्त विनोद, रमा पराशर, चारघरे ठिटो, ढुण्डीराज ज्ञवाली, नरेन्द्र रानाभाट, विनोद अधिकारी, प्रकाश भण्डारी, नारायण बराल, सन्तोष लम्सालले आफ्ना रचना वाचन गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ०६ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।