‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन « Khabarhub

‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गण्डकी – जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ ।

संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा भइरहेका विभिन्न घटनाक्रमको साङ्केतिक विरोधस्वरुप पृथ्वीचोकको गोलघर अगाडि उक्त कविता वाचन गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिए ।

विकृति, विसङ्गतिप्रति सम्बन्धित निकायको चासो नपुगेको जनाउँदै उहाँले कार्यक्रममार्फत जनआवाजलाई सुनाउने अपेक्षा गरिएको बताए । संस्थाका उपाध्यक्ष प्रा डा यामबहादुर पौडेल क्षेत्रीले साङ्केतिकरूपमा मञ्चका कुर्ची पात्रविहीन बनाएर कार्यक्रम आयोजना गरिएको सुनाए ।

संस्थाले गण्डकी प्रदेशभित्रका उत्कृष्ट २५ स्रष्टालाई शीर्षक दिएर रचनासहित आमन्त्रण गरेको थियो । यी रचनालाई संस्थाको मुखपत्र हिमवत्खण्ड सौरभको आगामी अङ्कमा प्रकाशन गर्ने प्रवक्ता ताराबहादुर गुरुङले जनाए ।

लोकसंस्कृतिका अध्येता प्रा डा कुसुमाकर न्यौपानेले कवि कलाकारहरूले हाम्रो भाषामाथि भएको अन्यायका विरुद्ध मुख थुनेर बस्न नहुने धारणा राखे । राजनीतिक विश्लेषण महेन्द्रमान व्यथित, संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले राज्यमा सुशासन कायमका लागि कवि कलाकारको ठूलो भूमिका रहेको बताउँदै बेथितिका विरुद्ध कार्यक्रम आयोजना गरिएको बताए ।

सञ्चारकर्मी शिवराज बस्ताकोटी (शिवदाइ), अग्रज पत्रकार रुद्रबहादुर थापा, उदयबहादुर अमात्यले यस्ता कार्यक्रमले राज्यलाई सही दिशानिर्देश गर्ने धारणा राखे ।

साहित्यकार डा जगन्नाथ रेग्मी, शिवप्रसाद गौतम, छविलाल आचार्य, सडक कवि बलराम तिमिल्सिना, तेजबहादुर गुरुङ, अल्पविराम पोखरेली, धर्मराज अल्पायु, वसन्त विनोद, रमा पराशर, चारघरे ठिटो, ढुण्डीराज ज्ञवाली, नरेन्द्र रानाभाट, विनोद अधिकारी, प्रकाश भण्डारी, नारायण बराल, सन्तोष लम्सालले आफ्ना रचना वाचन गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ०६ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा