सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनवाइ आज « Khabarhub

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनवाइ आज


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।

अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई जिल्ला अदालत काठमाडौँले आज प्राथमिकतामा राखेको छ ।

लामिछानेको मुद्दाको फैसला गरेका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने तय भए पनि कानुन व्यवसायीको अनुरोधमा रोकिएको थियो। पुनः सुनवाइका लागि पेशी तोकिएको भए पनि समयसिमा अभावका कारण गत बिहीबार सुनवाइ हुन सकेको थिएन ।

सर्वोच्च अदालतले सो मुद्दाको चाँडो किनारा लगाउनका लागि निर्देशन दिए अनुसार आजै फैसला आउन सक्ने सम्भावना रहेको छ ।

एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

सो आदेशसँगै लामिछाने पुर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा छाडेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १० : १० बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न