सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनवाइ आज « Khabarhub

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनवाइ आज


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।

अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई जिल्ला अदालत काठमाडौँले आज प्राथमिकतामा राखेको छ ।

लामिछानेको मुद्दाको फैसला गरेका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने तय भए पनि कानुन व्यवसायीको अनुरोधमा रोकिएको थियो। पुनः सुनवाइका लागि पेशी तोकिएको भए पनि समयसिमा अभावका कारण गत बिहीबार सुनवाइ हुन सकेको थिएन ।

सर्वोच्च अदालतले सो मुद्दाको चाँडो किनारा लगाउनका लागि निर्देशन दिए अनुसार आजै फैसला आउन सक्ने सम्भावना रहेको छ ।

एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

सो आदेशसँगै लामिछाने पुर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा छाडेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १० : १० बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार