लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय « Khabarhub

लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

मनाङ – मनाङमा यस वर्षको पर्यटक आउने दोस्रो याम सुरुआत भएको छ । याम सुरु भएसँगै जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

विश्वकै दशौँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गको यात्राका लागि बाह्य पर्यटकको आगमन हुने गर्दछ भने जोखिमयुक्त मानिने पदमार्गको यात्रा ब पर्यटकको प्रमुख गन्तव्यका रूपमा मानिन्छ । दुई वर्षको कोभिड सङ्क्रमणको जाखिम र बाढी पहिराका कारण ठप्पजस्तै रहेको पर्यटक आगमन यस याममा पर्यटक उल्लेख्यरूपमा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ ।

कार्यालयका अनुसार यस जिल्लामा कोभिडपछिकै धेरै सङ्ख्यामा बाह्य पर्यटक मनाङ भित्रिएका हुन् । जिल्लामा दैनिकरूपमा दुईदेखि तीन सयसम्म पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सहायक प्रमुख पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए ।

उहाँका अनुसार मनाङमा जनवरीदेखि हालसम्म तीन हजार चार सय २० बाह्य पर्यटक भित्रिएका छन् । महिला एक हजार एक सय ३४ र पुरुष दुई हजार दुई सय ८६ पर्यटक भित्रिएको उहाँले बताउनुभयो । जिल्लामा पर्यटक भित्रिने क्रम बढेसँगै यहाँका पर्यटन व्यवसायीमा खुसी भएका छन् ।

लामो समय आर्थिक मन्दीले सुस्ताएको पर्यटन व्यवसाय चलायमान हुँदा व्यवसायीले राहत महसुस गरेको व्यवसायी कुमार गुरुङले बताए । “लामो समयपछि पर्यटकको आवतजावत बढेको छ, दैनिकरूपमा होटलमा करिब दुई सय पर्यटक बास बस्ने गरेका छन्”, उनले भने ।

त्यस्तै विगतका वर्षमा कोभिड महामारीका कारण ठप्पैजस्तो भएको पदमार्गमा पर्यटकको लर्को भेटिन्छन् । दैनिकरूपमा पर्यटक आवतजावत गरिरहेका हुन्छन् । थोराङ्ला पाससँगै सर्वाधिक अग्लो स्थानमा रहेको तिलीचो ताल पुग्ने सपना बोकेर विदेशी पर्यटक मनाङ भित्रिने गरेका छन् । यहाँ आएका बाह्य पर्यटक यहाँका व्यवसायीले गरेको स्वागत, सत्कार र व्यवस्थापनले खुसी बनाउने गरेको बताउँछन् ।

पर्यटकको आगमन वृद्धि भएसँगै कोरोना महामारी र बाढीपहिराका कारण सुस्तएको पर्यटन व्यवसाय चहलपहल हुँदा देशकै अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको बेँसीसहरबाट पर्यटक पैदलयात्रा गरिरहेको देखिन्छन् । सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका थिए ।

जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले जिल्ला भ्रमणका लागि प्रवेश गरेको आयोजनाको तथ्याङ्कमा उल्लेख छ । यस वर्ष हिमपात नहुँदा थोराङ्ला भन्ज्याङ कट्ने, तिलिचो ताललगायतका विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएको आयोजनाले जनाएको छ ।

दुई याम गरी जिल्लामा पर्यटक घुम्न आउने गर्दछन् । दुई यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् र पदमार्गबाट जिल्लाका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १० : ५४ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न