लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय | Khabarhub Khabarhub

लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

मनाङ – मनाङमा यस वर्षको पर्यटक आउने दोस्रो याम सुरुआत भएको छ । याम सुरु भएसँगै जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

विश्वकै दशौँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गको यात्राका लागि बाह्य पर्यटकको आगमन हुने गर्दछ भने जोखिमयुक्त मानिने पदमार्गको यात्रा ब पर्यटकको प्रमुख गन्तव्यका रूपमा मानिन्छ । दुई वर्षको कोभिड सङ्क्रमणको जाखिम र बाढी पहिराका कारण ठप्पजस्तै रहेको पर्यटक आगमन यस याममा पर्यटक उल्लेख्यरूपमा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ ।

कार्यालयका अनुसार यस जिल्लामा कोभिडपछिकै धेरै सङ्ख्यामा बाह्य पर्यटक मनाङ भित्रिएका हुन् । जिल्लामा दैनिकरूपमा दुईदेखि तीन सयसम्म पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सहायक प्रमुख पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए ।

उहाँका अनुसार मनाङमा जनवरीदेखि हालसम्म तीन हजार चार सय २० बाह्य पर्यटक भित्रिएका छन् । महिला एक हजार एक सय ३४ र पुरुष दुई हजार दुई सय ८६ पर्यटक भित्रिएको उहाँले बताउनुभयो । जिल्लामा पर्यटक भित्रिने क्रम बढेसँगै यहाँका पर्यटन व्यवसायीमा खुसी भएका छन् ।

लामो समय आर्थिक मन्दीले सुस्ताएको पर्यटन व्यवसाय चलायमान हुँदा व्यवसायीले राहत महसुस गरेको व्यवसायी कुमार गुरुङले बताए । “लामो समयपछि पर्यटकको आवतजावत बढेको छ, दैनिकरूपमा होटलमा करिब दुई सय पर्यटक बास बस्ने गरेका छन्”, उनले भने ।

त्यस्तै विगतका वर्षमा कोभिड महामारीका कारण ठप्पैजस्तो भएको पदमार्गमा पर्यटकको लर्को भेटिन्छन् । दैनिकरूपमा पर्यटक आवतजावत गरिरहेका हुन्छन् । थोराङ्ला पाससँगै सर्वाधिक अग्लो स्थानमा रहेको तिलीचो ताल पुग्ने सपना बोकेर विदेशी पर्यटक मनाङ भित्रिने गरेका छन् । यहाँ आएका बाह्य पर्यटक यहाँका व्यवसायीले गरेको स्वागत, सत्कार र व्यवस्थापनले खुसी बनाउने गरेको बताउँछन् ।

पर्यटकको आगमन वृद्धि भएसँगै कोरोना महामारी र बाढीपहिराका कारण सुस्तएको पर्यटन व्यवसाय चहलपहल हुँदा देशकै अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको बेँसीसहरबाट पर्यटक पैदलयात्रा गरिरहेको देखिन्छन् । सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका थिए ।

जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले जिल्ला भ्रमणका लागि प्रवेश गरेको आयोजनाको तथ्याङ्कमा उल्लेख छ । यस वर्ष हिमपात नहुँदा थोराङ्ला भन्ज्याङ कट्ने, तिलिचो ताललगायतका विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएको आयोजनाले जनाएको छ ।

दुई याम गरी जिल्लामा पर्यटक घुम्न आउने गर्दछन् । दुई यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् र पदमार्गबाट जिल्लाका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १० : ५४ बजे

युरोपेली सङ्घका व्यापार प्रमुखले भने– वासिङ्टनसँग वार्ता गर्ने योजना छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० प्रतिशत कर लगाउने नयाँ

मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भयो, प्रधानमन्त्री तीनैको रक्षामा लागे : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो

कोशी उच्च बाँधमा राष्ट्रघात नगर्न ओली सरकारलाई भीम रावलको खबरदारी

काठमाडौं- भारतले सुनसरीको चतरामा बनाउन लागेको भनिएको सप्तकोशी उच्च बाँध

वार्तामार्फत विश्वका विवाद समाधान हुनुपर्नेमा भारत र ब्राजिल एकमत : मोदी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्तामार्फत विश्वका विवाद र द्वन्द्व

८७ वर्षीय लीलाबहादुरको कृति हङकङमा लोकार्पण

काठमाडौं– तेह्रथुमको मेयङ्लुङस्थित सिंहबाहिनी विद्यालयका ८७ वर्षीय पूर्व प्रधानाध्यापक लीलाबहादुर